सैनामैना, ९ चैत । नेपाली कांग्रेस सैनामैना नगर समिति अन्र्तगत वडान ६ को भेला आज सम्पन्न भएको छ । स्थानियतहको निर्वाचन नजिकैदै आउदा कांग्रेसले आफ्नो जितको सुनिश्चितता भएको दाबी गरेको छ ।
साविक वडा न ८ का सभापति हरि प्रसाद घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसले यस क्षेत्रमा गरेका कार्यको बारेमा प्रतिवदेन प्रस्तुत गर्नु भएको थियो । नगर सभापति राम प्रसाद अधिकारीको प्रमुख आथियत्तामा भएको कार्यक्रममा पुर्व जिल्ला सदस्य खडानन्द खनाल, महाधिवेशन प्रतिनिधि मदन थापा , नगर सदस्इ अर्जुन पौडल महिला संघ नगर सभापति सीता पोख्रेल, अच्युत शर्मा, पारष पाण्डे, धन बहादुर कार्की, भुपाल पोख्रेल, लाल बहादुर कार्की, लिलाधर भण्डारी, सुमित्रा भट्टराई, गोमा खनाल लगायतले बोलेका थिए ।
डम्बर ज्ञवालीको स्वागत तथा सुरेश ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पार्टि प्रवेश गरेकालाई टिका लगाएर स्वागत गरिएको थियो ।