जि ट्वान्टी फाईभमा जोशी

450

जि ट्वान्टी फाईभमा जोशी

बुटवल, ९ चैत । जि ट्वान्टी फाईभ क्लब बुटवलको प्रारम्भिक साधारणसभा तथा अधिवेशन आज सम्पन्न भएको छ । सामाजिक काम गर्ने उदेश्यले युवाहरुको समूहले क्लब स्थापना गरेका हुन । क्लबको प्रारम्भिक साधारणसभाले रमेश कुमार जोशीको अध्यक्षतामा नयाँ समिति गठन भएको छ ।

जसको उपाध्यक्षमा सुबास रायमाझी, महासचिवमा धिरेन्द्र बज्राचार्य, सचिवमा जगदीश न्यौपाने, कोषाध्यक्षमा मनोज बहादुर देउजा सर्वसम्मत रुपमा चयन भएको निर्वाचन समितिका संयोजक केशवराज पोखरेलले बताए । सदस्यमा विष्णुहरि आचार्य, सजनकुमार भारी, महेश कार्की, चुरामणि पोखरेल निर्वाचित भएका छन् ।

यसअघि भएको कार्यक्रममा बोल्ने वक्ताहरुले जी ट्वान्टी फाईभ क्लबले सामाजिक कामसँगै युवाहरुलाई रचनात्मक बाटोमा लैजान सुझाव दिएका थिए । कार्यक्रममा बुटवल ११ का वडा सचिव गोकुल प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्लबका कानुनी सल्लाहाकार केशवराज खनाल, सल्लाहाकारहरु बिमलराज घिमिरे, दीपक गौतम, प्रेम पाण्डे, देविनगर प्रंहरी चौकीका इन्चार्ज ताराप्रसाद अधिकारी, आजीवन सदस्य विष्णुहरि आचार्य, संस्थापक सदस्य देवलाल अर्घाली लगायतले बोल्दै संस्थाको प्रगतीको कामना गरेका थिए ।

साधारणसभा संस्थाका अध्यक्ष रमेश कुमार जोशीको अध्यक्षता, उपाध्यक्ष सुबास रायमाझीको स्वागत तथा महासचिव धिरेन्द्र बज्राचार्यको सञ्चालनमा सम्पन्न भएको हो । क्लबले निकट भविष्यमै एम्बुलेन्स सञ्चालनको तयारी गरेको छ ।