पाठक समाजको अधिवेशन हुँदै

554

पाठक समाजको अधिवेशन हुँदै

खेमानन्द पाठक/

बुटवल, १० चैत । कौण्डिण्य गोत्रीय पाठक समाज नेपालको चौथो केन्द्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । यही चैत १३ र १४ गते स्याङ्जाको उदियाचौरमा बिभिन्न कार्यक्रमका बिच अधिवेशन समेत गर्ने तयारी गरिएको समाजका अध्यक्ष रोमणीप्रसाद पाठकले बताउनु भयो ।

देश विदेशमा छरिएर बसेका सहगोत्रीय पाठकहरुमा बन्धुत्वको भावनाविकास,आपसी तथा पारीवारिक सद्भाव कायम राख्नकालागि समाज गठन गरिएको र समाजलाई मूर्त रुपमा अंगाडी बढाउनकालागि अधिवेशन गर्न लागिएको उहाँले बताउनु भयो । आगामी आईतबार दिउँसो एक बजे उद्घाटन हुने उक्त कार्यक्रममा वृद्ध–वृद्घा, जेहेन्दार बिद्यार्थी, विद्वान, सरकारी तथा गैरसरकारी संंघ–संस्थाका अधिकारीहरु, उद्योगपति, प्रतिभावान व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तैगरी बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने र १४ गते बिहान बन्द छलफल पछि नयाँ नेतृत्व समेत चयन गरिने छ ।