हस्पिटल लाइनमा साझा पार्टी

450

हस्पिटल लाइनमा साझा पार्टी

बुटवल, १० चैत । बुटवल हस्पिटल लाइनमा विभिन्न व्यवसाय गरी बसेका व्यक्तिहरुको भेलाले साझा पार्टी नेपाल बुटवल हस्पिटल लाइन इकाई गठन गरेको छ ।

साझा पार्टी नेपालको अभियानमा तन, मन, धनको साथ र समर्थन गर्ने गरी हरिकृष्ण अधिकारीको संयोजकमा साझा पार्टी नेपाल बुटवल हस्पिटल लाइन इकाई गठन गरिएको हो । जसको सह संयोजकमा विष्णु मिश्र रहेका छन् ।

गठन भएको ईकाईमा प्रारम्भिक चरणमा १६ जनाभन्दा युवाहरु साझा पार्टीमा आवद्ध छन । विभिन्न पार्टीमा आबद्ध भएपनि यि दलबाट समाज परिवर्तनका एजेण्डा बोकेका व्यक्तिहरुलाई पार्टिले केही अवसर नदिएकाले र यो साझा पार्टिको मुल्य र मान्यता (पद्धति,पारदर्शिता,इमान्दारीता र उत्कृष्टता) तथा आदर्श ( सहभागितामुलक लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्र रहेकाले यस पार्टीमा लागेको अधिकारीले बताउनु भयो ।

साथै यो पार्टिले सवै किसिमका मानिसहरुलाई समेटेर लैजाने हुदा अव देशको विकास साझा पार्टीले गर्ने बताउनु भयो । पछिल्लो समयमा केही समय अघि २२ बर्से लामो विविसी नेपाली सेवावाट राजीनामा दिएर साझा पार्टी खोलेका रविन्द्र मिश्रको पार्टीमा प्रवेश गर्ने बढदै गएका छन् ।