सैनामैना गोल्डकपमा देविनगर सेमिफाईनलमा

741

सैनामैना गोल्डकपमा देविनगर सेमिफाईनलमा

ललित पाण्डेय/
सैनामैना, १० चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज सुनौलो संगम फुटबल क्लव बुटवल देबिनगर सेमीफाईनलमा प्रवेश गरेको छ ।

सालझण्डी युवा सञ्जाल लाई ४–० गोल अन्र्तरले पराजित गर्दै सगंम बुटवलले जितेको हो । सुनौलोका जर्सी नं. ४ का विश्वास श्रेष्ठले ३ मिनेटमा पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए भने ७६ औ मिनेटमा अर्काे खेल गोल थप्दै खेलको म्यान् अफ् द म्याच घोषित भएका छन् । त्यस्तै जर्सी नं. ३ का दानु थापाले १६ औं मिनेट , जर्सीन ९ का सुरज हमालले ३५ औ मिनेट , विश्वास श्रेष्ठले ७६ औ मिनेटमा १–१ गोल गरेको थिए ।

सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली देश भक्त एफसी र युनाईटेड केपिलबस्तु बिच सेमिफाईनक खेल हुने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष रानाले बताए ।