सहकारीको पुँजीलाई ब्यवस्थापन गर्न आवश्यक

425

सहकारीको पुँजीलाई ब्यवस्थापन गर्न आवश्यक

बुटवल, १० चैत । सहकारीमा पुँजी धेरै जम्मा भएकाले त्यसको ब्यवस्थापनका लागि ध्यान दिनु पर्ने सरोकारवालाले बताएका छन् । सहकारीमा बचत तथा ऋणका काम मात्र धेरै हुने भन्दै सहकारीमा थुप्रिदै गएको पुँजीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा पनि दीर्घकालिन योजना बन्न आवश्यक रहेकोमा उनीहरुको जोड थियो ।

६० औ राष्ट्रिय सहकारी दिवस तथा ईन्दे्रणी बहुउद्देश्य सहकारी संस्था बुटवलको २२ औं स्थापना दिवसको अवसरमा आयोजित सहकारीका समस्या, अवसर र चुनौति विषयक विचार गोष्ठीमा सहभागी भएकाहरुले सहकारीमा रहेको ठुलो पुँजीलाई सानो सानो समुहमा लगानी नगरेर अब उत्पादनमुलक स्थानमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए ।

ईन्द्रणी बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मित्रबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका प्रमुख नेत्रप्रसाद घिमिरे, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, घरेलु तथा साना उद्योग महासंघ प्रदेशनम्बर पाँचका अध्यक्ष नेत्रप्रसाद पाठक, बुटवल सहकारीका अध्यक्ष उदयराज भण्डारी, शितल बचत तथा ऋण सहकारीका अध्यक्ष गणेश अधिकारी, तिनाउ सहकारीका पुर्व अध्यक्ष टंकप्रसाद पोखरेल, ईन्द्रणिका उपाध्यक्ष धुर्वकुमार घिताल, सल्लाहकार कृष्णप्रसाद अर्याल, शिवलाल राना लगायतले सहकारीलाई बचतमुखि मात्र होईन अव ब्यवसायिमुखि बनाउनेतर्फ सबैको सोच हुनु पर्ने बताउनुभयो ।

बुटवल क्षेत्रका सहकारीहरुका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको संचालन ईन्द्रणिका सचिव नेत्रलाल अर्यालले गर्नुभएको थियो ।