स्थानिय निर्वाचनमा लाग्न आग्रह

387

स्थानिय निर्वाचनमा लाग्न आग्रह

बुटवल, १० चैत । स्थानिय निकायको निर्वाचन नजिकिदै गैरहेका वेला नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा न १ को वडा भेला आज सम्पन्न भएको छ । साविक १, २ र ३ नम्मर वडा गाभिएर बनेको वडा न १ को भेलामा कांग्रेसका स्थानिय नेताहरुले आसन्न स्थानिय तहको निर्वाचनमा लाग्न आग्रह गरेका थिए ।

योगेन्द्र सिमगैडाको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका जिल्ला सचिव रामकृष्ण खांणले निर्वाचनमा एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै निधारित मितिमै निर्वाचन हुने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र न ४का क्षेत्रीय सभापती हरि लम्सालले बुटवलको वडा न १ नगर कै महत्वपुर्ण वडा भएको चर्चा गर्दै जनप्रतिनिधी चुनिएसंगै यसको थप विकास हुने बताउनु भयो । कार्यक्रममा नगर सभापती खेलराज पाण्डेले साविकको १, २ र ३ वटा वडा मिलेर बनेको १ नम्मर वडा पार्टीका लागि मजवुद क्षेत्र भएको बताउनु भयो । कार्यक्रममा पार्टीका विभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुले स्थानिय निकायको चुनाव आफ्नो पक्षमा पार्न क्रियाशिल हुनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको संचालन लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो । यस्तै बुटवल उपमहानगरपालिका वडा न १५ को वडा भेला पनि सम्पन्न भएको सो पार्टिले जनाएको छ । यता नेपाली कांगे्रस देवदह ५ को वडा भेला देवदहको खैरेनीमा सम्पन्न भएको छ । नेपाली कांगे्रस वडा नं ५ का वडा सभापति अर्जुन लम्सालको सभापतित्व, क्षेत्रीय सभापति हीराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो । यस्तै रुपन्देहीको तिलौततमा नगरपालिकाका विभिन्न वडामा पनि नेपाली कांग्रेसले वडा भेला जारी रखेको छ ।

वडा न ८ को वडा भेला बिहिबार सम्पन भएको छ । वडा नं. ८ का वडा सभापति केशव अर्यालको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टिका सबै नेताहरु एक ठिक्का भएर अघि बढ्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला सचिव रामकृष्ण खांणले स्थानिय निकायको निर्वाचनमा सबैलाई एक ढिक्का पारेर कांग्रेस अघिबढी रहेको बताउदै आफ्नो क्षेत्रमा निर्वाचनको माहोल बनाउन आगह्र गर्नु भयो ।

सो अवसरमा नगरसभापती हरिलाल पाण्डेले तिलोत्तमा नगर क्षेत्रमा नेपाली कांग्रेसको माहोल निकै राम्रो बनिरहेको बताउदै निर्वाचनको समयमा आफ्नो पार्टीले गरेका विकासका कार्य हरुलाई खुलस्त जनसामु राख्न सके सहजै नेपाली काग्रेस जितहुने जिकिर गर्नु भयो । सो अवसरमा महिला नेतृ कबिता अर्याल, पुर्व क्षेत्रिय सभापती यम वहादुर खत्री, नगर सचिव राम वहादुर थापा, बिष्णु वाग्ले,डा. वाबुराम ज्ञवाली, चिरञ्जीवि पौडेल, वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष रोमणी पाठक, राममणी क्यामपस प्रमुख मोहनराज शर्मा, लगायतले बोल्नु भएको थियो ।