नवलपरासी सैनामैना गोल्डकपको फाईनलमा

350

नवलपरासी सैनामैना गोल्डकपको फाईनलमा


ललित पाण्डेय/

सैनामैना, ११ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज देश भक्त एफसी नवलपरासी फाईनलमा प्रवेश गरेको छ ।

युनाईटेड केपिलबस्तुलाई ३–१ गोल अन्र्तरले पराजित गर्दै नवलपरासीले फाईनलको भेट पक्का गरेको हो । नवलपरासीका जर्सी नं. १२ का राम बहादुर थापाले २१ औ मिनेटमा पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए । जर्सी नं. १ का सजिन थापाले ४७ औ मिनेटमा, जर्सी नं. १७ का सुरेन्द्र बहादुर थापाले ७१ औ मिनेटमा एक एक गोल गरेका थिए । कपिलबस्तुका जर्सी नं. ९ का विक्रम थापाले ७० औ मिनेटमा एक गोल फर्काएका थिए । आजको खेलमा नवलपरासकिा राम बहादुर थापा खेलको म्यान् अफ् द म्याच घोषित भएको छन् ।

सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली सुनोलौ संगम र र्फर्साटिकर एफ सी बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् । फर्सी फाईनल खेल हुनेछ ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।