‘अभियानले कांग्रेसमा उत्साह थप्यो’

1.1K

‘अभियानले कांग्रेसमा उत्साह थप्यो’

गुल्मी(जुभूङ्ग), १२ चैत । नेपाली कांग्रेसले आज गुल्मी दरवार गाउंपालिका सम्मेलन सम्पन्न गरेको छ । गुल्मी दरवार गाउंपालिकामा रहेका साविकका जुभूङ्ग, बलिथुम, गौडाकोट, विरवास, अमरअर्वाथोक, दरवारदेवीस्थान गाविसका कांग्रेस सभापति सहित कांग्रेसका नेता कार्यकर्ताको उपस्थितीमा गौडाकोटमा सम्मेलन भएको हो ।

सम्मेलनमा साविकका गाविसमा भेलाबाट आएका सल्लाह, सुझाव पछि अव कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले अर्वेनी अग्लुङ्ग अभियानले कांग्रेसका नेता, कार्यकता, शुभचिन्तकमा उत्साह थपेको बताउनुभयो । उहांले नेकपा एमालेबाट चलाइएका भ्रम चिर्न सफल भएको भन्दै कांग्रेस कार्यकर्ताको मनोवल बढेको बताउनुभयो । चार वर्षको अवधीमा गुल्मीमा विकासको मुल फुटेको हुंदा कांग्रेस तर्फ जनलहर बढेको दावी गर्नुभयो । बहुवर्षिय योजनाहरु जिल्लामा प्रशस्त मात्रामा सुरुवात भएको भन्दै प्रयास गरे संभव हुन्छ भन्ने सांसद चन्द्र भण्डारीले गरेका पहलबाट पुष्टी भएको बताउनुभयो ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी एवं गुल्मी दरवार गाउंपालिकाका संयोजक श्रीप्रसाद भलामीले अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको लहरले स्थानिय तहको निर्वाचनमा भारी मतले विजयी हुने सुनिश्चित भएको दावी गर्नुभयो ।

कार्यक्रममा कांग्रेस क्षेत्र नं. २ का सभापति अशोक थापा, महाधिवेशन प्रतिनिधी ईश्वरी परियार, नेविसंघका नेता सदर्शन खनाल, कांग्रेस गुल्मीका पुर्व कोषाध्यक्ष यमबहादुर थापा, तरुण दल गुल्मीका सभापति भरत भलामी, कांग्रेस क्षेत्र नं. २ का उपसभापति हरी अर्याल, अभियानका सदस्य पुर्ण केसी, महिला नेतृ शान्ता कार्की, नेविसंघका नेता धर्मराज पाण्डे, नव प्रवेशी ओम बहादुर गाहा, साविक जुभूङ्ग गाविसका सभापति जगन्नाथ गौतम, बलिथुमका सभापति प्रेम पुन, गौडाकोटका सभापति बल बहादुर थापा, अमरअर्वाथोकका सभापति लिल बहादुर बलाल, दरवारदेवीस्थानका सभापति टोपबहादुर बस्नेत, विरवासका सचिव भुपेन्द्र कडेंल, नेपाल प्रेस युनियन गुल्मीका उपसभापति पिएम सर्तुङ्गी  लगाएतले स्थानिय निर्वाचनमा प्रतिपक्षीले छरेका भ्रम चिर्दे कांग्रेसका पक्षमा बढेको जनलहर कायम राख्न सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।