अर्घाखाँचीबाट कोरिया गएकाले दशै मनाए

अर्घाखाँचीबाट कोरिया गएकाले दशै मनाए

koriya 3तस्बीर- कार्यबहाक अध्यक्ष बाबुराम आचार्य

प्रेम आचार्य
अर्घाखाँची ९ कात्तिक । अर्घाखाँचीबाट रोजगारीको लागि दक्षिण कोरिया गएका युबाहरुले शुभकामना आदान प्रदान , भेटघाटका साथ सेल रोटी खाएर दशै मनाएका छन ।

दशै तिहारको सम्झनामा अर्घाखाँचीबाट रोजगारीको लागि दक्षिण कोरिया गएका युबाहरुको एक मात्र सस्था अर्घाखाँची कोरिया सम्पर्क मञ्चले कोरियामा आईतबार दशै तिहारको शुभकामना आदान प्रदान र भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

जिल्लाबासीहरु एक स्थानमा जम्मा भई रमाईलो साथ शुभकामना आदान प्रदान गर्दै सेलरोटी र चिया खाएर दशै मनाएको अर्घाखाँची कोरिया सम्पर्क मन्चका कार्यबहाक अध्यक्ष बाबुराम आचार्यले बताए । बिजया दशमीको दिन बिदा नहुने भएकोले हिज आईतबार सबैको बिदाको दिन पारि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।

अर्घाखाँची कोरिया सम्पर्क मञ्चका कार्यबहाक अध्यक्ष बाबुराम आचार्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी पुकार शाह , विशेष अतिथी डेबिड बस्याल,भरत पाण्डे लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम बाबुराम आचार्यको सभापतित्व , कार्य बहाक सचिब फर्सुराम पौडेलको सञ्चालन र उपाध्यक्ष बैरागी माहिलाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

 

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •