सैनामैना गोल्डकपमा देशभक्त र फर्साटिकर फाईनलमा भिड्ने

658

सैनामैना गोल्डकपमा देशभक्त र फर्साटिकर फाईनलमा भिड्ने

ललित पाण्डेय/
सैनामैना, १२ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर एफ सी फाईनलमा प्रवेश गरेको छ । सुनौलो सगंम फुटबल क्लब देवीनगरलाई २–१ गोल अन्र्तरले पराजित गर्दै फर्ससाटिकरले फाईनल खेल भेटाएको हो । फाईनल प्रबेश संगै देशभक्त नवलपरासी सँग फाईनलमा भिड्ने छ ।

फर्साटिकरणका जर्सी नं. १२ का सुजन रानाले पहिलो गोल ६ औ मिनेटमा गरेका थिए । भने जर्सी नं. १६ का मुकेश कुवरले ८ औ मिनेटमा गोल गर्दै खेललाई जिताएका थिए । सुनौलो सगंमका जर्सीन ४ का विश्वास श्रेष्ठले ३२ औ मिनेटमा गोल गरेका थिए । आजको खेलमा जर्सीन १२ का सुजन राना खेलको म्यान् अफ् द म्याच घोषित भएका छन् । सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा फाईनल खेल चैत १४ गते हुने छ भने चैत्र १३ गते आयोजक र पत्रकार ११ विच मैत्री पुर्ण खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।