रेडियो सैनामैनाको भवन शिलन्यास

983

रेडियो सैनामैनाको भवन शिलन्यास

सैनामैना, १२ चैत । रेडियो सैनामैना ९१ मेगार्हजको आज एक समारोहका बिच शिलन्यास गरिएको छ । सैनामैना रहेका रेडियोको मेघाहाताल नजिकै सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत, रेडिया सञ्चालक समिति, जग्गा दाता, शेयर सदस्य, कमर्चारीहरुको उपस्थितामा नगरपालिकाका कार्यकारी अधिकृत तथा रेडियोका अध्यक्षले सयुक्त रुपमा भवनको शिलन्यास गरिएको हो ।

कार्यक्रममा सुभकामना दिने बक्ताहरुले रेडियोले सुचना प्रवाह गरेर सामाजिक दायित्वपुरा गरेकोमा चर्चा गरेका थिए । रेडियोले छोटो समयमा यस क्षेत्रमा लोकप्रियता पाएकोमा प्रशंसा गर्दै आगामि दिन अझै उन्नतीको कामना समेत ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा सैनामैना नगरपालिकाका कार्यकारी अधिकृत शसीधर घिमिरले बोल्दै रेडियोले समाजमा सुचना प्रभाव गरेर नागरिकलाई सु सुचित गरि सामाजिक दायित्वपुरा गरि पुण्य कमाएको बताउनु भयो ।

रेडियो सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले बोल्दै रेडियोलाई आफ्नो भवनमा सहिति अझै सेवा प्रभाव गर्ने योजना गरेको बताउनु भयो । कार्यक्रममा संघ संस्थाको प्रतिनिधीमा लक्षमण ज्ञवाली, रेडियोका संस्थापक अध्यक्ष कृष्ण पङ्गेनी, रेडियोका सदस्य रोमाखर गौतमले बोल्नु भएको थियो । रेडियोका उपाध्यक्ष प्रेम खड्काको स्वागत तथा सचिब तिलब केसीको सञ्चालनमा सम्पन्न भएको थियो । रेडियोको भवन निर्माणको लागि १० धुर जग्गादान दाता लेखनाथ भण्डारी राम प्रसाद खनाललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

साथै उक्त कार्यक्रममा रेडियो सैनामैना कार्य समितिले फुल माला अविर अर्पण गरि उंहाको कार्यकालको सफलताको कामना सहित स्वागत समेत गरिएको थियो ।