काँग्रेसले जित्नेगरी लाग्न आग्रह

751

काँग्रेसले जित्नेगरी लाग्न आग्रह


बुटवल, १३ चैत ।
नेपाली काँग्रेसले बुटवल १६ सेमलारमा वडा भेला गरेको छ । वडा भेलामा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जित्नेगरी लाग्न र पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानलाई संस्थागत बिकास गर्न र लोकतन्त्रको रक्षाका लागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको उल्लेख गरेका थिए । वडा सभापति सुदर्शनदेव जोशीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र नं. ३ का सभापति प्रेमबहादुर फौदार, महाधिवेशन प्रतिनीधि युवराज गिरी, बुद्धिराम हरिजन, भरथरी यादव, जिल्ला सदस्य रमा खड्का, क्षेत्रीय सचिव घनश्याम चालिसे, पूव बुटवल नगर सभापति राधेश्याम राजभण्डारी, बुटवल नगर सचिव भवानी शर्मा, वडा नं. १७ का सभापति प्रेम पौडेल, क्षेत्रीय प्रतिनीधि बसन्त ढकाल लगायतले भनाई राखेका थिए ।

वडा उपसभापति कृष्ण पौडेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव पूर्ण पौडेलले गर्नुभएको थियो । कार्यक्रम क्षेत्रीय सचिव माधवलाल देवकोटाको संयोजनमा भएको थियो । सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी सचिव खाँणले सदस्यता प्रदान गरि पार्टी प्रवेश गराउनु भएको हो ।

त्यस्तै बुटवल वडा नं. १३ वेलवासमा नेपाली काँग्रेसको भातृ संगठन भूपू सैनिक संघ र महिला संघको अधिवेशन गरिएको छ । अधिवेशनले भूपू सैनिक संघमा दिलबहादुर पुनको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएको छ । भूतपूर्व सैनिक संघ रुपन्देहीका अध्यक्ष खगेश्वर पुनको अतिथ्यतामा भएको अधिवेशनमा नेपाली काँग्रेस बुटवलका सभापति खेलराज पाण्डे, भूपू सैनिक संघका केन्द्रीय सदस्य कुलबहादुर केसी, नेपाली काँग्रेस जिल्ला सदस्य नारायण पुन, काँग्रेस वडा सभापति पुरुषोत्तम बस्याल, ताराबहादुर बुढाथोकी लगायतले भनाई राखेका थिए ।

त्यस्तै महिला संघको दोस्रो वडा अधिवेशनबाट पुन तेजमायाँ कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उक्त कार्यक्रममा क्षेत्रीय प्रतिनीधिहरु ज्ञानहरी वञ्जाडे, गंगाबहादुर केसी, गोकर्ण वञ्जाडे, लक्ष्मी भण्डारी, पूर्णबहादुर कार्की, वडा सभापति पुरुषोत्तम बस्याल, मतदान केन्द्र सभापति नारायण खनाल, दलबहादुर पुन, कृष्ण भट्टराई, कर्णबहादुर कुवँर, लालबहादुर गुरुङ्, वडा सचिव खिमानन्द पौडेल, महिला संघकी सचिव शान्ति सुवेदी लगायतले भनाई राखेका थिए ।

त्यस्तै नेपाली काँग्रेस बुटवल १३ वेलवासले जितेश्वरी सामुदायिक बनका तत्कालिन अध्यक्ष तथा नेपाली काँग्रेसका क्रियाशिल सदस्य सन्तबहादुर कार्कीको निधन भएको सत बार्षिकी र क्षेत्रीय प्रतिनीधि नमकला वेलवासेका ससुरा ललित वेलवासेको निधन भएको दशौं दिनका दिन शनिबार शोक सभा समेत गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस तिलोत्तमा नगर समितिको संयोजनमा वडा नं. ६ मा महिला समन्वय समिति गठन गरिएको छ । नगर महिला समन्वय समितिकी संयोजक कोपिला रायमाझी (एसी)को अतिथ्यतामा भएको कार्यक्रमबाट मीना आचार्यको अध्यक्षतामा ११ सदस्यीय वडा समन्वय समिति गठन गरिएको छ ।