स्वर्गद्धारीको एक हजार ५० विगाहा जग्गा व्यक्तिगत प्रयोगमा

474

स्वर्गद्धारीको एक हजार ५० विगाहा जग्गा व्यक्तिगत प्रयोगमा

यमलाल भुसाल/
बुटवल, १३ चैत । प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल प्युठान जिल्लाको स्वर्गद्धारीको नाममा रहेको एक हजार ५० विगाहा क्षेत्रफलको जग्गा अहिले पनि संरक्षणको अभावमा व्यक्तिले भोग चलन गदै आएका छन । दाङ्ग जिल्लाको देउखुरी क्षेत्रमा रहेको आश्रमको नामको उक्त जग्गा माओवादी जनयुद्ध संगै व्यक्तिले उपयोग गरि रहेका छन ।

माओवादी जनयुद्ध शुरु हुनु पुर्व जग्गाको भोग चलन गर्नेहरुले आश्रमलाई पुत बुझाउने गर्दथे त्यस पछि बुझाउन छाडेकाले प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीको संरक्षण र विकासमा आर्थिक समस्या पदै आएको बताईएको छ । नेपाल पर्यटन वोर्डको आर्थिक सहयोगमा होटल व्यवसायी महाँसंघ नेपालको समन्वय तथा होटल व्यवसायी संघ प्युठानको आयोजनामा शनिवार भएको स्वर्गद्धारीको पर्यटन विकासका संभावना चुनौति विषयक अन्त्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले आश्रमको जग्गा संरक्षणमा कसैले ध्यान दिन नसक्दा आश्रम आर्थिक अभावले संकटमा पर्न थालेको गुनासो गरिका थिए ।

उनीहरुले प्रसिद्र धार्मिक तथा पर्यटकिय स्थल स्वर्गद्धारीमा आस्थाका आधारमा धार्मिक पर्यटक आउने गरेकाले यसको गरिमा टिकिरहेको दावी समेत गरेका छन । हिन्दु धर्मालम्बीहरुले गर्ने सवैखालका पूजाँआजा यहाँ गरिने भएकाले पशुपतिनाथ पछिको धार्मिक पर्यटकको प्रमुख गन्तव्य स्वर्गद्धारी बन्दै आएको उनिहरुको कथन छ । स्वर्गद्धारी आएर पूजा गरेपछि मनोकांक्षा पुराहुने र स्वर्ग गए सरह हुने भएकाले यहाँको आकर्षण बढदै गएको आश्रमका पुजारी शालिक राम रिजालले बताउनु भयो । विसं १९५१ साल देखि अनवरत रुपमा संचालन भैरहेको वेदपाठशाला, गोवद्धन पहाड, आश्रममा पालिएका साढे ३ सय बढी गाई विभिन्न आकृतिका मठ मन्दीर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा रहेको ठूलो वाझको वृक्ष, नै दर्शनार्थीका लागि मुख्य आकर्षणका केन्द्र बनेका छन । कार्यक्रममा वोल्दै होटल व्यवसायी महाँसंघ नेपालका अध्यक्ष अमृत भुजेलले लुम्बिनी, स्वर्गद्धारी, गौमुखी, ढोरपाटन, मुक्तिनाथलाई पर्यटन रुटको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना रहेकोले त्यस तर्फ सरकारको ध्यान जानु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै होटल व्यवसायी संघ प्युठानका अध्यक्ष चन्द्रलाल भण्डारीले जिल्ला वासीलाई लाभान्वित हुने र आम्दानीको स्रोत्तका रुपमा स्वर्गद्धारीलाई प्रयोग गर्न सके जिल्लाकै आर्थिक रुपमा कार्यापलट हुने बताउनुभयो । संभावना हुदाँ हुदै पनि त्यसको सदुपयोग हुन नसक्दा यहाँको भौतिक पूर्वाधारको विकासले अपेक्षाकृत फड्को मार्न नसक्दा केही समस्या देखिएको होटल व्यवसायी महासंघका कोषाध्यक्ष शिव बहादुर पुलामीले बताउनु भयो । आधार शिविर भिंगृदेखि स्वर्गद्धारी नजिक धरमपानी सम्मको कच्ची सडकको स्तरोन्नती नहुनु तिर्थयात्रीका लागि मुख्य समस्या भएको र कैयन व्यक्तिले अनाहकमा ज्यान गुमाउनु परेको समेत उहाँले बताउनु भयो । स्वर्गद्धारीमा वर्षेनी लाखौको संख्यामा भक्तजन आउने गरेपनि अझैसम्म यसको व्यवसायीकरण हुन नसकेको पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर रानाले बताउनु भयो ।

आधार शिविर भिंगृदेखि स्वर्गद्धारी पुग्ने सडकलाई स्तरवृद्धि गरि कालो पत्रे गर्नु पर्ने, आश्रममा भएका गाईलाई नून खुवाउन आउने धार्मिक पर्यटकले गाईलाई आवश्यक पर्ने दाना समेत ल्याउने व्यवस्था मिलाउन सकेमा स्वर्गद्धारी धार्मिक स्थलसंगै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका निर्वमान अध्यक्ष मोदनाथ व्ोल्वासको सुझाव छ । एक दिवशिय अन्त्तरक्रिया कार्यक्रमले सात बुदें स्वर्गद्धारी घोषणापत्र समेत जारी गरेको छ ।

 स्वर्गद्धारी घोषणापत्रमा पर्यटन विकास समिति गठन गर्नु पर्ने, व्यवस्थित धर्मशाला , सडकलाई कालोपत्रे गर्नु पर्ने, आश्रमको सम्पतिको संरक्षण तथा समुचित सदुपयोग,गौशालाई व्यवसायीक बनाईनु पर्ने, सुविधा सम्पन्न होटल तथा रिर्सोटको निर्माण र जिल्लामा रहेका सवै सरकारी कार्यालय, सामाजिक संघसंस्था र आश्रमबिच सहकार्य गरि एकिकृत्त योजना बनायर कार्यान्वयन गर्नु पर्ने ठहर गरेको छ ।