अर्घाखाँचीमा सरायेनाच

677

अर्घाखाँचीमा सरायेनाच

P1030646

अर्घाखाँची / हिन्दूहरुको महान पर्व वडादशैंको दवादशीको अवसरमा अर्घाखाँचीको सन्धिखर्कमा वृहत सराय नाच सम्पन्न भएको छ ।

तरबार खुडा र हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देबीहरुको प्रतीकहरु आलमलाई समेत लिएर नाच्ने गरिन्छ । तरबार खुडा र हतियार प्रदर्शन सहित नाचिने यो नाचले देबी खुसी हुने बिस्वास रहेको छ ।

देबीले महिसासुर र शुम्भको बध गरेको दिन बिजया दशमीको दिन देखि नाचिने यो नाच खुसीयालीमा नाच्न थालिएको बुढापाकाहरु बताउन्छन । सराये नाच अर्घाखाँची आसपासका जिल्लामा बढि प्रचलित छ ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराये नाच नाच्न गरिन्छ ।

चुत्राबेसीको दुर्गा भवानी मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरिएकोे स्थानीय धर्म भुसालले बताएका छन् ।