कर छुटको बिरोधमा धर्ना

438

कर छुटको बिरोधमा धर्ना

बुटवल, १४ चैत । एनसेललाई कर छुट दिनखोजिएको बिरोधमा आन्दोलनको घोषणा गरेको नयाँशक्ति नेपालपार्टी निकट युवा बिद्यार्थीले आज बुटवल ट्राफिकचोक स्थितएनसेल कार्यालय अगाडी बिरोध प्रदर्शन गरेकाछन् । प्लेकार्ड र ब्यानरसहितएनसेल कार्यालय अगाडी पुगेका युवाबिद्यार्थीले केहीबेर धर्ना समेत दिएका थिए ।

दुईसाता अघिमन्त्री परिषद बैठकले प्रचलितबिधि र मापदण्डलाई उल्लंघन गर्दै बिदेशी लगानी रहेको दुरसञ्चार कम्पनी एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर नउठाउने निर्णय गरेको भन्दै नयाँशक्तिपार्टीकाभातृ संगठनहरु बिरोधमा उत्रिएकाहुन् । बिरोध प्रदर्शन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै सो पार्टीका रुपन्देही जिल्ला संयोजक देवेन्द्र पाण्डे सागरले सरकारको उक्त निर्णय संस्थागत भ्रष्टाचार भएको बताउनु भयो ।

स्थानिय निर्वाचनको मुखमा ठुला तीनदलहरु मिलेर चुनाब खर्चका लागि उक्त निर्णय गरेको आरोप लगाउदै उहाँले सरकारले एनसेलसँग कर असुलनगरे सम्म आन्दोलन जारी राख्ने बताउनु भयो । कार्यक्रममा नयाँशक्तिपार्टी निकटनयाँशक्तिबिद्यार्थी युनियनका केन्द्रीय सदस्य कमल खनाल, युवाअभियानका पाँचनम्बर प्रदेश सह संयोजकपंकज राई, युवाअभियान रुपन्देही जिल्लाअध्यक्ष दिपक गुरुङ्, नगर अध्यक्ष तेजु राना, नयाँशक्तिबिद्यार्थी युनियन रुपन्देही संयोजक भुवन पौडेल लगायतले बोल्दै कुनै पनि हालतमा एनसेललाई छुट दिननहुने र त्यस विरुद्धनयाँशक्तिको अभियानमा साथदिनआग्रह गरेका थिए ।