
बुटवल, १४ चैत । रिक्साधनी तथा चालक भलाई कोष बुटवलले आफुहरुसँग अनुचित रकमअसुल गरेको भन्दै ईरिक्सा चालक तथा मजदुरहरुले रकमफिर्ता गर्न माग गरेका छन् । उनिहरुले बिगतमा पाँच परम्परागत म्यानुअल रिक्सा बिस्थापनगरि एक ईरिक्सा स्थापितगर्ने सहमति अनुरुप कोषले प्रतिम्यानुअल रिक्साको १५ हजार मुल्यतोकि एक ईरिक्साखरिद गर्नका लागि ७५ हजार रुपयाँ बुझाउन बाध्य बनाई रकमअसुल गरे पनि उक्तनिर्णय कार्यान्वयन गराउन नसकेको भन्दै आफुहरुसँग असुल गरिएको रकमफिर्ता गर्न माग गरेका हुन् ।
बुटवलमा सञ्चालित ई रिक्सासँग सम्बन्धित बिभिन्न समितिहरुको छलफलबाट एक म्यानुअल रिक्साको मुल्य ६ हजार तोकिएकोले आफुहरुले बुझाएको बढि रकमकोषले फिर्ता गर्नुपर्ने मागगरे । आज बुटवलमा पत्रकार सम्मेलनको आयोजनागरि उनिहरुले कोषले रकमफिर्ता नगरे कार्यालयमा तालाबन्दि गरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । कार्यक्रममा ई रिक्साव्यबस्थापन समन्वय समितिका सदस्य समेत रहेका समाजवादी ट्रेड युनियन ई रिक्सा मजदुर संघ रुपन्देहीका अध्यक्ष बागबहादुर बुढाले कोषका पदाधिकारी तथा कर्मचारीले तत्कालिन अबस्थामा आफुखुसी रिक्साको मुल्य तोकि एउटाई रिक्सा खरिद गर्न ७५ हजार रुपयाँमा पाच वटा म्यानुअल रिक्साखरिद गर्न लगाउदाआफुहरुलाई मर्का परेको बताउनु भयो ।
रिक्साधनि तथा चालक भलाई कोषका पदाधिकारी तथा कर्मचारीले ब्यक्तिपिच्छे ५० हजार देखी ७५ हजार सम्म रकमउठाई ठगि गरेकोले हालै तोकिएको प्रति रिक्सा ६ हजारका दरले हुनआउने पाँच रिक्साको ३० हजार भन्दाबढि रकमफिर्ता गर्नुपर्ने बताएका छन् । कोषका पदाधिकारी तथा कर्मचारी सँग आफुहरुले पटकपटक उक्तमाग राखे पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको उहाँले बताउनु भयो । अर्का ई रिक्साधनि तथा चालक मानबहादुर थापाले आफुलाई पनि कोषले पाँच वटा म्यानुअल रिक्साको ७५ हजार लिएर एउटा ई रिक्सा भित्रयाउ नदिएको भन्दै तत्काल आफुहरुको रकमफिर्ता नगरे कानूनी कार्बाहीका लागि जान बाध्य हुने बताउनु भयो ।
उनिहरुले आज नै रिक्साव्यवसायी संघ एवं ई रिक्साव्यवसायी संघमा आफ्नो ज्ञापनपत्र समेत बुझाएका छन् । यही १६ गते चैत सम्म आफुहरुका माग सम्बोधन नभए कार्यालयमा तालाबन्दी गरी आन्दोलनमा उत्रिनुका साथै कानूनी उपचारको बाटो रोज्न बाध्यहुने चेतावनी दिईएकोछ ।
बुटवलमा एक हजार आठ सय १९ म्यानुअल रिक्सा नगरपालिकामा दर्ता भएको र नाकाबन्दिको समयमा ई रिक्सा भित्रिन थालेपछि रिक्सा व्यवस्थापन गर्नकालागि बुटवलउपमहानगरपालिकामा भएको सर्बपक्षिय छलफलले पाँचम्यानुअल रिक्सा बिस्थापित एक ई रिक्सा भित्रयाउने नीति बनाएको आधारमा रिक्सा भलाई कोषले आफुखुसी रिक्साको मुल्यनिर्धारण गरी रकम उठाएको पीडितहरुले गुनासो गरे । आफुहरुठगिएको भन्दै आन्दोलनमा उत्रिनेहरुमा ३९ जना रहेको पनि उनिहरुले जानकारी दिए ।