बुटवल , कार्तिक ९।गुल्मीको बलेटक्सारबाट बुटवल तर्फ अाउँदै गरेको यात्पारुबहाक बस पाल्पाकाे अर्गली गाबिसको कुँडापानीमा दुर्घटनामा परेकाे छ । बसमा सवार १२ जना यात्रु सामान्य घाइते भएका छन्। लु१ख ५१८८ नम्बरको बस ब्रेकफेल भएकाे प्रहरीलेजनाएकाे छ । दशैं मानेर कर्मथलाे फर्कनेयात्रुहरुले भरिभराउ बस कुँडापानीको उकालोमा ब्रेकफेल भइ ब्याक भएपछि शडकमै पल्टिएकाे हाे ।चालकको साबधानीका कारण बस भने भीरबाट तल खसेकाे छैन । बसको पछाडि रहेको मोटर साइकल पनि बसले किच्दा क्षतिग्रस्त भएकाे छ । बसमा ६०-६५ जना यात्रु रहेका थिए ।
घाइतेको सबैकाे रिडी स्वास्थ्थ केन्द्रमा उपचार भइरहेको छ । केहिबेर अबरुद्ध बनेकाे शडक अहिले भने संचालनमा अाएकाे पाल्पा प्रहरीले जनाएकाे छ ।