
बुटवल, १५ चैत । आसन्न स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा महिला संघ संगठनहरु पनि निर्वाचनमा आफ्नो सभागिता बढाउनका लागि परेका छन् । उनीहरुले आफ्नो अधिकारसुनिश्चित गर्नका लागि क्षमता अभिबृद्धिका साथै प्राप्त अधिकार व्यबहारिकरण गर्नकालागि संगठितहुनु पर्ने भन्दै अभियान संचालन गरिरहेका छन् ।
यसैक्रममा बुटवलमा पनि अन्तर पार्टी महिला संजालको दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्वका लागि क्षमता अभिबृद्धि गर्न यस्ता खालका कार्यक्रम गरिएको उनीहरुको भनाई छ । अन्तर पार्टी महिला संजाल केन्द्र र जिल्लाकार्य समिति रुपन्देहीको सयुक्त आयोजनामा आईतबार र सोमबार कार्यक्रम भएको थियो ।
कार्यक्रमा १० वटा पार्टीका महिलाहरुकोप्रतिनिधित्व रहेको थियो । सो कार्यक्रमबाट रुपन्देहीमा नयाँ कार्य समितिकोचयन पनि गरिएको छ । समितिका अध्यक्षमा लक्ष्मी कोईराला, सचिवमा रीता सेन, कोषाध्यक्षमा गौरा केसी चयन भएका छन् । कार्यक्रममा वोल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले अव महिला नेतृत्व स्थापित गर्नका लागि सबै पार्टिमा दवाव श्रृजना गर्नु पर्ने बताउनुभयो । उहाँले कुनै पनि पार्टीमा ३३ प्रतिशत महिला नेतृत्वको सहभागिता नरहेको बताउनु भयो ।