रुपन्देहीमा समानान्तर महासंघ सञ्चालन गर्ने चेतावनी

1.3K

रुपन्देहीमा समानान्तर महासंघ सञ्चालन गर्ने चेतावनी

बुटवल, १६ चैत । नेपाल पत्रकार महासंघ रुपन्देहीको दशौं अधिवेशनमा भएको चुनावी प्रकृयालाई लिएर विवाद चुलिएको छ । जसका कारण महासंघले गर्ने हरेक कार्यक्रम समानान्तर रुपमा हुँदै आएका छन् ।

सबै पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको पत्रकार महासंघमा गत फागुन ३ गते भएको अधिवेशनमा निर्वाचन समितिले निश्पक्ष निर्वाचन नगराएकै कारण महासंघमा विवाद सिर्जना भएको र समानान्तर कार्यक्रम हुँदै आएका हुन् । यसले महासंघको गरिमालाई त घटाएको छ नै अवमहासंघ छाता संस्थाको रुपमा रहेन भन्ने कुरा समेत प्रष्ट्याएको नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल बताउनु हुन्छ । उहाँले पत्रकार महासंघको नेतृत्वले विचारका आधारमा काखा र पाखा गर्न नहुने भन्दै रुपन्देही शाखामा देखिएको विवाद तत्काल समाधान गरि पत्रकारको एकता मजवुद बनाउनु पर्नेमा जोड दिनु भयो ।

गत फागुन ३ गते भएको चुनावी प्रतिस्पर्धामा प्रेस सेन्टर र प्रेस चौतारी बिच चुनावी तालमेल भएको थियो भने नेपाल प्रेस युनियन, नेपाल प्रेस सोसाईटि र संघीय पत्रकार परिषद बिच चुनावी तालमेल भएको थियो । यस अंगाडी पनि महासंघमा चौतारीको नेतृत्व रहेकाले सेन्टर सहितको चौतारी प्यानललाई जिताउने गरी पत्रकार महासंघले कार्यक्रम बनाएको र सोहीअनुसार निर्वाचन समितिले निश्पक्ष निर्वाचन नगराएको युनियनको प्यानलले दावी गर्दै आएको छ ।

निर्वाचन पश्चात भएको मतगणताका क्रममा समेत बराबर मत प्राप्त गर्ने सचिव पदमा वैकल्पिक बाटो अवलम्बन नगरि एकतर्फी रुपमा सेन्टर चौतारी प्यानलबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका रामप्रसादआचार्यलाई विजयी घोषणागर्ने कार्यले युनियन लगायतको प्यानललाई चिढाएको हो । युनियन, प्रेस सोसाईटि र संघीयपत्रकार परिषदले यही मुद्धालाई आफ्नो निष्ठाको विषय भएको बताएको छ ।

निर्वाचन समितिले एकतर्फी रुपमा आफू अनुकुल मत परिणाम घोषणा गरेको भन्दै त्यसयता युनियन, प्रेस सोसाईटि र संघीयपत्रकार परिषदले महासंघमा हुने हरेक गतिबिधि छुट्टै गर्दै आएका छन् । यो समिकरणले महासंघमा भएका त्रुटि सच्याउन माग गर्दै पटकपटक निर्वाचन समितिलाई आग्रह गरेपनि त्यसमा कुनै सुनुवाई नभएपछि नेपाल पत्रकार महासंघले गर्ने हरेक गतिबिधिमाकुनै प्रकारको सहयोग नगर्ने नीति लिएको छ ।

नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसमा युनियन संवद्ध समिकरणले छुट्टै कार्यक्रम गर्ने भएपछि महासंघले छलफलका लागि बोलाएको र एकोहोरो कार्यक्रम नगर्न आग्रह मात्रै गरेको नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्षबिक्रमखड्काले बताउनु भयो । ‘त्रुटिभएको ठाउँबाट कुरा सुरु गरौं र त्यहीबाट सुधार सुरु गरौं अनिमात्रै स्वीकार गर्न सक्छौं भन्यौं ।’ उहाँले भन्नुभयो–‘तर उक्त कुरामा महासंघका पदाधिकारीले कुनै चासो नदिएर एकाहोरो रुपमा युनियनको कार्यक्रम रोक्न आग्रह गरे, त्यसरी हामी मान्दैनौं ।’

नेपाल पत्रकार महासंघमा चौतारीको एकलौटी रवैयाका कारण चुनावमा सहयात्रा गरेका संगठनले समेत साथ छोड्न थालि सकेका छन् । चुनावमा बलियो साथ दिएको प्रेस सेन्टरका अध्यक्ष भुवन कार्की महासंघको कार्यक्रमलाई भन्दा पनि युनियन सम्वद्ध समिकरणको कार्यक्रमा सहभागिहुनु भएको थियो । नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवसमा युनियन संवद्ध समिकरणले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले महासंघ अव महासंघको रुपमा नरहेको टिप्प्णी गर्नुभयो । त्यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्षएवं पूर्व सल्लाहकार सुमन अधिकारीले पनि महासंघलाई दलीय रुपमा नभई श्रमजीवि पत्रकारको छाता संस्थाको रुपमाबिकास गर्नुपर्ने भएपनि अहिले त्यसो नभईरहेको बताउँदै अहिले पनि महासंघ श्रमजीवि पत्रकारको संस्था बन्न नसकेको बताउनु भयो ।

त्यस्तै महासंघमा सेन्टर चौतारीको समिकरणलाई सहयोग गरेर सदस्यमा निर्वाचित हुनु भएका क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीका अध्यक्ष प्रकाश डुम्रेले पनि युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघलाई छाता संस्थाको रुपमाबिकास गर्नुपर्ने बताउनु भयो । उहाँले अरुका गल्ती कमि कमजोरी औंल्याउने पत्रकारहरुको संस्थामा यति ठूलागल्तिहरु हुनु दुर्भाग्य रहेको पनि बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले महासंघ छाता संस्थाबन्न सक्दैन भने समानान्तर महासंघ सञ्चालन गर्नुपर्ने सम्मका धारणा राखेका थिए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका संस्थापक उपाध्यक्ष माधव नेपाल, पुर्वउपाध्यक्ष तथापश्चिमाञ्चल सल्लाहकार खिमानन्द भट्टराई, पत्रकार महासंघरुपन्देहीका पुर्व उपाध्यक्ष रामराजपोख्रेल, पूर्व कोषाध्यक्ष तथा युनियनका पश्चिमाञ्चल सचिव हरिष ढकाल, युनियनका पुर्व सभापती भवानीप्रसादपाण्डे, पत्रकार महासंघ रुपन्देहीका पुर्व कोषाध्यक्ष यमलालभुषाल, प्रेस सोसाईटीकाप्रदेश संयोजक टोपराजशर्मा, प्रेस सेन्टर स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य राजेन्द्रजंग रायमाझी, संघीय पत्रकार परिषदका सचिव सोनु थापा, प्रेस सोसाईटि रुपन्देहीका उपाध्यक्ष भरत पाण्डे लगायतले पत्रकार महासंघ रुपन्देहीको निर्वाचनका क्रममा निर्वाचन समितिले गरेको गम्भिर त्रुटिका कारण आजको अवस्था आएको भन्दै वर्तमान नेतृत्व यस विषयमा गंभिर बन्नुपर्ने र त्यसो नभए महासंघको समानान्तर संस्थाको बिकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि बुधबार नै महासंघको ६२ औं स्थापना दिवसको अवसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ ।

यसैबीच नेपाल पत्रकार महासंघको ६२औं स्थापना दिबसको अबसरमा क्रान्तिकारी पत्रकार सगठन नेपाल रुपन्देही द्दारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरुले पछिल्लो समय पत्रकारिता पेशामा देखिएको बिकृति, आचार सहिंता उल्लघन र पेशागत मर्यादा खस्केको प्रति गम्भिर चिन्ता ब्यक्त गरेका छन । महासंघको ६२औं स्थापना दिबसको अबसरमा बुटवलमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्ने अधिकाश अगुवा पत्रकारहरुले जनपक्षीय पत्रकारिता कमजोर बन्दै गएको र व्यबसायिक पत्रकारिताको नाममा पत्रकारिताको मर्यादा बिर्सेर पत्रकारिता पेशालाई नै बदनाम भएकोले यो प्रति सजग र सचेत हुन सबै सञ्चारकर्मीलाई अनुरोध गरेका छन ।

साथै पत्रकारितामा पत्रकार महासंघ आफ्नो पोल्टामा पार्न सदस्यता बितरणलाई आफु अनुकुल गराउदै महासंघ धमिलाएको आरोप समेत लगाएका छन । कार्यक्रममा बोल्ने बक्ताहरुले पेशागत र महासघको आधारभुत मर्यादालाई सचेतता पुर्बक बुझ्न र बुझाउन पत्रकारका अगुवा नेताहरु जिम्मेबार भएर लागि  महासंघको ओझ बढाउन पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी रुपन्देही ईन्चार्ज सरद वलिले सबैे पत्रकारहरु एकताबद्द हुदै जनभाबाना बुझेर कलम चलाउन अनुरोध गर्नु भएको थियो । उहाले पत्रकार सधै राज्यको प्रतिपक्षी भुमिकामा रहेर खबरदारी गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसी, पत्रकार महासंघ पश्चिमाञ्चलका सल्लाहकार खिमानन्द भट्टराई, प्रेस यनियनका सभापति बिक्रम खडका, प्रेस चौतारिका जिल्ला अध्क्षय अमृत गिरी, प्रेस सेन्टरका जिल्ला अध्क्षय भुबन कार्की, प्रगतिशिल पत्रकार संघका अध्यक्ष श्याम पोख्रेल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष टेक मास्की लगाएतका बक्ताहरुले आफ्ना धारणा सहित शुभकामना ब्यक्त गरेका थिए ।

यस अघि पत्रकार महासंघको निर्बाचन पछि एक ठाउमा नजुटेका पत्रकार संघ सगंठनहरु क्रान्तिकारी पत्रकारको कार्यक्रममा भने एउटै मञ्च बाट मिलेर जाने बिषयमा आफुहरु तयार रहेको बताए यसैबीच पत्रकार महासंघको कार्यक्रम बहिष्कार गरेका प्रेस युनियन, प्रेस सोसाईटी, संघीय पत्रकार परिषद् लगाएतका सगठनले भने स्थापना दिबस छुट्टै मनाएका थिए भने पत्रकार महासघले मन्नाएको प्रभातफेरि र चियापानमा युनियन, प्रेस सोसाईटि, संघीय पत्रकार परिषद्ले बहिष्कार गरेका थिए ।

यसैबिच क्रान्तिकारी पत्रकार सगठन द्दारा आयोजित कार्यक्रममा भने सबै संगठनको उपस्थिति रहेको थियो सो कार्यक्रमले संग संगठन बिच धमिलिएको सम्बन्धलाई सुदृढ पार्न सहयोग गर्ने बुझिएको छ । क्रान्तिकारी पत्रकार सगठन द्दारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको अध्यक्षता सगठनका रुपन्देही ईन्चाज तथा लुम्बिनी सयोजक प्रकाश डुम्रे ,स्वागत  दिपक बिश्वकर्मा र सञ्चालन खोमा तरामुले गर्नु भएको थियो ।