
देवदह, १७ चैत । रुपन्देहीको देवदह–८ बंगाली स्थित जनता माध्यमिक बिद्यालयलाई सहयोग सामाग्री हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ बुटवल मुक्तिनाथ सहित बिभिन्न व्याक्तिहरुको सहयोगमा सामाग्री प्रदान गरिएको हो । लायन्स क्लब अफ बुटवलमा आबद्ध व्यक्तिहरुले अफिस दराज, कम्प्युटर टेबुल, टि –टेबुल, र कुर्ची हस्तान्तरण गरिएको क्लबका उपाध्यक्ष शोभाखर बन्जाडेले बताउनु भयो ।

त्यस्तै समाजसेवी हिराबहादुर खत्रीले एक थान सोफा सेट, समाजसेवी जेभी प्रसाद रावलले एक थान कम्प्युटर टेबुल र स्टिल दराज, प्रेम भण्डारीले एक थान अफिस टेबुल, दीर्घायु नेपाल देवदह शाखाका अध्यक्ष खेमनारायण ढकालले एक थान कम्प्युटर टेबुल, समाजसेवी अजय भण्डारीले एक थान राउण्ड चियर प्रदान गर्नुभएको छ ।

उक्त सामाग्री बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद देवकोटालाई हस्तान्तरण गरिएको हो । बिद्यालयको शैक्षिक गुणस्तर संगै बिद्यालयको भौतिक विकासमा पनि टेवा पुगोस भन्ने हेतुले बिद्यालयलाई सहयोग गरिएको क्लबका उपाध्यक्ष बन्जाडेले बताउनुभयो । प्रत्येक वर्ष एउटा कक्षामा अंग्रेजी माध्यम थप गर्दै जाने रणनीति बनाएको बिद्यालयमा आन्तरिक आयश्रोत नहुदा बिद्यालय सञ्चालन र बिद्यालयको भौतिक बिकासमा समस्या भएको बिद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले बताउनु भयो ।
