
नवलपरासी, १७ चैत । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) नवलपरासीको दोस्रो जिल्ला अधिवेशन चैत २३ गते हुने भएको छ ।
फोनिज नवलपरासीका उपाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा आज कावासोतीमा बसेको वैठकले फोनिज नवलपरासीको अधिवेशन चैत २३ गते गर्ने निर्णय गरेको हो । अधिवेशन कावासोतीमा हुने जनाइएको छ । त्यस्तै अधिवेशनको लागि जिल्लामा रहेको आदिवासी जनजातिका पत्रकारहरुका लागि सदस्यता खुल्ला गरेको फोनिज नवलपरासीका सचिव इतराज गुरुङले बताउनुभयो ।
नवलपरासीमा ५५ जना भन्दाबढी आदिवासी जनजातिका पत्रकारहरु क्रियाशिल रहेका छन् ।