अन एयर मिडियाद्वारा शुभकामना आदान प्रदान

1.3K

अन एयर मिडियाद्वारा शुभकामना आदान प्रदान

बुटवल, १७ चैत । अन एयर मिडिया सेन्टर बुटवलले आज नव वर्ष २०७४ को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता मुक्तिराज पौडेलले बुटवल लुम्बिनी अंचल सहित आसपासका जिल्लाको केन्द्रविन्दु रहेको हुदा यसको दुरगामी विकासको लागि युवाले अग्रसरता लिनुपर्ने बताउनुभयो । बुटवल ७० लाख मानिसको केन्द्रविन्दु रहेको हुंदा व्यवस्थित बुटवलको लागि कसरी अगाडी बढ्ने भनेर सोच्ने वेला आएको बताउनुभयो । नेता पौडेलले अहिले स्थानिय तहको निर्वाचन आएको छ, यहांका समस्या पहिचान गरी अवसरमा बदल्ने नेतृत्व लिन युवा अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कविन्द्र नेपालले अन एयर मिडिया सेन्टरले छोटो समयमै धेरै क्षेत्रमा आफ्नो सक्रियता बढाएको भन्दै आगामी दिनमा गुणात्मक वृद्धिमा ध्यान दिन सुझाव दिनुभयो । प्रेस सोसाइटीका प्रदेश नं. ५ संयोजक टिआर शर्माले बुटवलमा संचारमाध्यम खुल्ने क्रम बढेको भन्दै दक्ष पत्रकार उत्पादन तर्फ ध्यान दिएर तीन महिने तालिम संचालन गर्न सुझाव दिनुभयो ।

अन एयर मिडियाका प्रबन्ध निर्देशक गोविन्द बस्नेतले सबैको सल्लाह, सुझाव बमोजिम आगामी दिनमा नयां कार्ययोजना बनाउने बताउनुभयो ।
कार्यक्रममा महिला उद्यमी शान्ति शर्मा, पत्रकार प्रविण गाहा, कपिल ज्ञवाली, विकास गौतम, राम भण्डारी लगाएतले अन एयर मिडियाले संचारकर्मी उत्पादन गर्न खेलेको भुमिकाको प्रशंसा गर्नु भएको थियो ।

अन एयर मिडिया सेन्टरले उद्घोषण, भाषणकला, मोटिभेसन कक्षा, परामर्श कक्षा संचालन गर्नुको साथै समय समयमा अनाथ, वृद्धाश्रममा समेत सहयोग गर्दे आएको छ । डिजिटल पत्रिका टक्कर न्युज संचालन गरेको सेन्टरले आगामी दिनमा पत्रिका निकाल्ने पनि जनाएको छ । २०७० सालमा स्थापना भएको सेन्टरले अहिले सम्म चार सय ५० बढीलाई विविध विधामा प्रशिक्षण दिइसकेको छ ।