यमलाल भुसाल/
बुटवल, १८ चैत । निर्माणाधिन बुटवल वेलवास–वेथरी सडक परियोजनामा पर्ने भौतिक पूर्वाधार, रुखहरु र विजुलीका पोल समयमै व्यवस्थापन नहुंदा निर्माण कार्यमा समस्या उत्पन्न भएको छ ।
नेपालकै नमुना सडकको नामले चिनिने सडक निर्माण कार्यमा समस्या भएपछि समयमा नै सडक बन्न नसक्ने देखिएको छ । सडकको बिच भागमा रहेको नहरमा पानी वगिरहने, सडकको दुवै साईडमा हरियाली हुने र दुवै साईडबाट सडक निर्माण हुन लागेकाले यो सडकलाई नेपालकै नमुना सडकको रुपमा लिइएको छ । वेलवासदेखि वेथरी सम्मको कुल साढे २१ किलो मिटरको सडक निर्माणका लागि वेलवासदेखि ११ किलो मिटर सम्मको लागि वज्र गुरु निर्माण सेवा कम्पनी जेभी र बांँकी साढे १० किलो मिटर सडकको निर्माणका लागि रोमन जेजेईसिसीएल जेभी कम्पनीले ठेक्का सम्झौता गरी निर्माण कार्यलाई अगाडी बढाएका छन् ।
दुवै ठेक्काको गरि १ अर्व २८ करोडको लागतमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीलाई निर्माणको लागि स्वकिृत पाएका हुन । निर्माण कम्पनीहरुले अवरोध नभए निधारित मिति भन्दा ६ महिना पहिले नै काम सम्पन्न गर्ने दावी समेत गरेका छन । गत असोजबाट काम शुरु गरेका दुवै निर्माण कम्पनीहरुले सडक निर्माणको कामलाई युद्वस्तरमा अगाडी बढाएता पनि सडककोबीच भागमा रहेका रुखहरु, विजुलीका पोल र नहरको जग्गामा बनाईएका घरहरुका कारण निर्माणमा समस्या उत्पन्न भएको रोमन जेजेईसिसीएल जेभी कम्पनीका प्रोजेक्ट म्यानेजर राजदेव महतोले बताउनुभयो ।
सडक निर्माणका क्रममा सडकको बिच भागका भौतिक संरचना, रुखहरु र विजुलीका पोल हटाउने निकायले समयमै नहटाईदिंदा काम अगाडी बढाउनमा समस्या भएको वज्र गुरु निर्माण सेवा कम्पनी जेभीका ईन्जिनियर मनोज यादबको कथन छ । उक्त सडक अन्र्तगत बीच भागमा नहर रहेकाले नहरको क्षेत्राधिकार भित्र रहेको जग्गाका रुखहरु डिभिजन सिंचाई कार्यालयले हटाई दिनुपर्ने बताउनुहुन्छ जिल्ला वन कार्यालयका प्रमुख रोमराज लामिछाने ।
वन क्षेत्र भित्र रहेका रुखहरुको व्यवस्थापन गर्ने काम वन कार्यालयको हो ऐलानी र प्रति जग्गाको हकमा जिल्ला विकास समिति (जिल्ला समन्वय परिषद्) ले गर्ने हो र नहर तथा सिंचाई क्षेत्रको जग्गामा रहेका रुखहरुको व्यवस्थापन सिचाई कार्यालयले गर्नेकानुनी व्यवस्था रहेको वन कार्यालयका प्रमुुख लामिछानेले बताउनुभयो । उता डिभिजन सिंचाई कार्यालय रुपन्देहीका डिभिजन ईन्जिनियर अक्षरगोपाल श्रेष्ठले उक्त नहर सिंचाई कार्यालयमा दर्ता नभएको बताउंदै कार्यालयले रुख काट्न नरोकेको र काट्नका लागि आदेश दिनपनि नपर्ने बताउनुभयो । सो सम्बन्धमा डिभिजन सडक कार्यालय बुटवलका डिभिजन ईन्जिनियर मेघराज मरासिनीले निर्माण कम्पनीहरुले उक्त सडकको निर्माण कार्य प्रभावकारी रुपमा अगाडी बढाएको बताउंदै निर्माण क्षेत्रमा देखिएका रुखहरु भौतिक पूर्वाधार र विजुलीका पोलको समयमै व्यवस्थापन नहुंदा निर्माण कार्यमा समस्या भएको बताउनुभयो ।
सडक निर्माण स्थलमा रहेको नहर क्षेत्रमा रहेका रुखहरुको सम्बन्धमा डिभिजन प्रमुख मरासिनीले वन कार्यालय र सिंचाईं कार्यालय मध्ये कसको क्षेत्र अधिकार भित्र पर्दो रहेछ भनी नापी कार्यालयबाट लगत लिंदा सिंचाई कार्यालयको नाममा उक्त नहर रहेको देखिएकाले समस्या समाधानका लागि सिंचाई कार्यालयलाई पत्राचार गरिएको बताउनुभयो । समस्याको गांठो सिंचाई कार्यालय मै रहेको बताउंदै डिभिजन प्रमुख लामिछानेले सिंचाई कार्यालय जिम्मेवार भए समस्याको समाधान निस्कने दावी गर्नुभयो । विजुलीका पोल र घरहरुको खासै समस्या नभएको र ति संरचनाहरु हटाउन सम्बन्धीत निकायलाई सुचित गरि सकिएकाले छिटै समाधान हुने पनि बताउनु भयो ।
सडक निर्माण कार्यमा देखिएको समस्या समाधानका लागि सिंचाई, वन, डिभिजन सडक, जिल्ला परिषद् समन्वय समिति र जिल्ला प्रशासनको रोहवरमा छिट्टै वैठक गरेर भएपनि समस्याको समाधान गरी निर्माण कार्यलाई अगाडी बढाउने डिभिजन कार्यालयका प्रमुख मरासिनीले आश्वासन दिनु भयोे ।