राष्ट्रपति चुनावमा मोर्चाले भाग नलिने

319

राष्ट्रपति चुनावमा  मोर्चाले भाग नलिने

Madhesi-Morcha

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ गते संसदमा राष्ट्रपति र उपराष्ट्रपति चुनावमा भाग नलिने भएको छ ।

मधेसी मोर्चाले असोृज २४ गते भएको प्रधानमन्त्री चुनावमा कांग्रेस उम्मेदवारलाई मतदान गरेको थियो । तर, राष्ट्रपति र उपराष्ट्रपति चुनावमा भाग नलिने मोर्चाका नेताहरुले बताएका छन् ।

तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामेश्वर राय यादवले भने-‘निर्णय त भएको छैन । तर, राष्ट्रपति चुनावसँग हाम्रो कुरा सरोकार छैन । हामीले भाग लिँदैनौं ।’

यसअघि मधेसी मोर्चाका नेता महन्थ ठाकुरलाई कांग्रेसले उम्मेदवार बनाउने चर्चा समेत चलेको थियो । तर, ठाकुरले आफू राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना अस्वीकार गर्दै आएका थिए ।