राममणिमा आँखा शिविर

672

राममणिमा आँखा शिविर

मणिग्राम, १८ चैत । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा निःशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।

शिविरको उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष गोपाल भट्टराई, सदस्य यज्ञमूर्ति गैरे र क्याम्पस प्रमुख मोहनराज शर्माले पाठ्यक्रमको अध्ययनसँगै सामाजिक दायित्व तथा व्यवहारिक ज्ञानका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो ।  शिविरमा करीब चार सय  जनाको आँखा जाँच गरी निःशुल्क औषधी तथा चश्मा वितरण गरिएको क्याम्पसका प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेले जानकारी दिनुभयो ।

क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सञ्चालक समिति पदाधिकारीका आँखा निःशुल्क जाँच एवम् उपचारका लागि शिविरको सञ्चालन गरिएको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले बताउनुभयो ।

वी.एड. दोस्रो वर्षका विद्यार्थीको सक्रियता एवम् क्याम्पसको आयोजनामा भएको कार्यक्रममा सहयोग पु¥याउने संस्थाका तर्फबाट क्यान रूपन्देहीका अध्यक्ष एवम् एक्सपर्ट एजुकेशनका डाइरेक्टर रोशन कण्डेल, लायन्स आँखा अस्पतालका इन्दिरा जोशी, क्याम्पसका सहायक प्राध्यापक खिमानन्द ज्ञवाली लगायतले बोल्नुभएको थियो ।