तिलोत्तमामा महिला समन्वय समिति

505

तिलोत्तमामा महिला समन्वय समिति

बुटवल, १८ चैत । आसन्न स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले तिलोत्तमा नगरपालिका वडा नं ३ मा मिना अधिकारीको संयोजकत्वमा २९ सदस्यीय नगर निर्वाचन महिला समन्वय समिति गठन गरेको छ ।

समितिको उप–संयोजकमा उमा देवी पराजुली र पार्वती पौड्याल, सचिवमा पार्वता भट्टराई, उप–सचिवमा सुप्रिया गुरुङ, कोषाध्यक्षमा विना मल्ल चयन हुनुभएको छ । नगर संयोजक विष्णुमाया पराजुली भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाले महिलाकै सम्मान गर्न सिक्नु पर्ने र त्यसका लागि निर्णायक स्थानमा महिलाको ५० प्रतिशत सहभागिता आवश्यक हुनेमा जोड दिएका थिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि प्रेमनारायण खरेल, महिला नेत्री मनोरमा शेरचन, क्षेत्रीय सचिव माधवलाल देवकोटा, क्षेत्रीय सदस्य एल जी गुप्ता, क्षेत्रीय सल्लाहकार कविता अर्याल, नगर सचिव रामबहादुर थापा, बिष्णुप्रसाद भण्डारी कोपिला रायमाझी, वडा सभापति कर्णबहादुर टण्डन लगाएतले बोल्दै स्थानीय निर्वाचनमा काँग्रेस उम्मेदवारहरुलाई विजयी वनाउन महिलाहरुको महत्वपुर्ण भूमिका हुने धारणा राख्नु भएको थियो । चुडाकुमारी विष्टको स्वागत तथा कालिका अधिकारीको संचालनमा कार्यक्रम भएको थियो ।