अफगानिस्तानमा भूकम्प, १५० भन्दा बढीको मृत्यु

875

अफगानिस्तानमा  भूकम्प,  १५० भन्दा बढीको मृत्यु

earthकाबुल अफगानिस्तान/। अफगानिस्तानमा सोमबार दिउसो आएको भूकम्पका कारण अफगानिस्तान, पाकिस्तान लगायतका एसियाली मुलुकमा १५० जनाभन्दा बढी मानिसको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ ।

सोमबार अबेरसम्म प्राप्त तथ्याङ्कअनुसार पाकिस्तानमा १४७ जनाको मृत्यु भएको जनाइएको छ भने ६०० भन्दा बढी घाइते भएका छन् । क्षतिको विवरण आइरहेकाले र मृतक तथा घाइतेको पनि सङ्ख्यामा वृद्धि हुनसक्ने पाकिस्तानी अधिकारीले जनाएका छन् ।

त्यस्तै अफगानिस्तानमा पनि ३३ जनाको मृत्यु भएका र करीब २०० जना गम्भीर घाइते भएका छन् ।
यु एस जियोलोजिकल सर्भेका अनुसार भुकम्पको केन्द्रविन्दु अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दकुश पर्वतमा फैजावादबाट ७५ किलोमिटर दक्षिणमा रहेको छ । यु एस जियोलोजिकल सर्भेले भुकम्प ७.५ म्याग्निच्युडको भएको जनाएको छ ।
सोमबार यो समाचार सङ्कलन गर्ने बेलासम्म नान्गाहर प्रान्तको राजधानी जलाहाबाद सहरमा रहेको एक अस्पतालमा पाँच जनाको मृत शरीर ल्याइएको र ६५ जना भूकम्पबाट घाइते भएका मानिस ल्याइएको प्रान्तीय स्वास्थ्य विभाग प्रमुख नान्जिबुल्लाह कमावालले बताउनुभयो ।
यसैगरी, टाखर प्रान्तस्थित विविहिजिरा छात्रा विद्यालयका १२ जना छात्रा भूकम्पमा परी ज्यान गुमाएको ताखर प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्ला टिमोरले बताउनुभयो । उनीहरुको भुकम्पले भत्काएको भग्नाबशेषमा तथा भुकम्पपछिको भागदौडमा परी मृत्यु भएको प्राप्त समाचारमा उल्लेख छ ।
तालुक्वान प्रान्तमा पनि ४० जना नागरिकलाई भूकम्पमा परी घाइते भएपछि उपचारका लागि विभिन्न अस्पतालमा पु¥याइएको यहाँको स्थानीय प्रशासनले जनाएको छ ।
बादखसानका विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक सूचनाअनुसार यहाँ एक जनाको मृत्यु भएको बादखसान प्राकृतिक प्रकोप विभागका प्रमुख सैयद अबदुल्लाह हमायोन देहक्वानले बताउनुभएको छ ।
यसैबीच बाग्लान, ताखर, जुनान, कुन्दुज र बादखसान प्रान्तमा कैयौँ अफगानी नागरिक भूकम्पका कारण घाइते भएका छन् भने सयौँ घर पूर्णरुपमा भत्किएका छन् । हजारौँ घरमा भूकम्पले आंशिक क्षति पु¥याएको अफगानिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना पाकिस्तानी समकक्षीलाई सम्पर्क गरी भारत पाकिस्तानलाई भुकम्पबाट भएको समस्यालाई समाधान गर्न इच्छुक रहेको बताएपछि पाकिस्तानले भुकम्पबाट भएको समस्यालाई समाधान गर्न आफुले कुनै अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनु नपर्ने जनाएको छ ।
पाकिस्तानका सूचनामन्त्री पर्वेज रसिदले संचारमाध्यमसँगको कुराकानीमा भुकम्पबाट भएको समस्यालाई समाधान गर्न पाकिस्तानको स्रोत र साधन पर्याप्त हुने भएकाले देशले कुनै अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनु नपर्ने बताउनुभयोे ।रासस÷सिन्ह्वा