
कोटीहवा, १९ चैत । नेपाल तरूण दल क्षेत्रनम्बर –२ अन्तर्गत सियारी गाउँपालिका वडा नम्बर १ को वडा भेलाले १५ सदस्यीय समिति चयन गरेको छ ।
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जसवन्त कुँवरको सभापतित्व तथा नेपाल तरूण दल क्षेत्रनम्बर– २, रूपन्देहीका सभापति प्रकाश गैरेको आतिथ्यमा भएको भेलाले गोकुल कण्डेलको संयोजकत्वमा समिति चयन गरेको हो ।
सो समितिमा खुल्लाबाट शिव सापकोटा, दलितबाट हरिबहादुर नेपाली र महिलाबाट तारा कुँवर प्रतिनिधि चयन हुनुभएको छ भने उपाध्यक्षमा महेन्द्र अर्याल, सचिव केशव पाण्डे, सह–सचिव अनुज पाण्डे र कोषाध्यक्षमा बाबुराम कुँवर चयन हुनुभएको छ ।