
भैरहवा, १९ चैत । हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको भन्दै परिवर्तनलाई संस्थागत गर्न पनि कांग्रेसले नेतृत्व लिने गरी स्थानीय तहको निर्वाचन तयारीमा लाग्नु पर्ने कांग्रेसद्धारा भैरहवामा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
नेपाली कांग्रेस सिद्धार्थ नगर समितिले आज भैरहवामा आयोजना गरेको नगर भेलामा बोल्ने बक्ताहरुले हरेक क्रान्ति र परिवर्तनमा कांग्रेसले नेतृत्व लिँदै आएको कारणले मात्रै नभई, लोकतन्त्रप्रतिको निरन्तर निष्ठा र आदर्शका कारण कांग्रेसप्रति आम मानिसको आशा र भरोसा रहेको समेत औल्याए । कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सभापति मातृका प्रसाद यादवले जनतामा रहेको विस्वास मर्न नदिइकन कांग्रेसले अबको राजनीतिको बाटो तय गर्नुपर्ने बताए । परिवर्तनलाई संस्थागत गर्न बाधा–अवरोध गर्ने कुनै पनि वादको पक्षमा कांग्रेस उभिन नसक्ने र आगामी निर्वाचनमा कांग्रेसनै पहिलो पार्टी हुने उनले बताए ।
नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले राष्ट्रिय राजनीतिको केन्द्रमा कांग्रेसले आफूलाई उभ्याइराख्न संख्यात्मक र संगठनात्मक रूपमा उपस्थिति पनि बलियो हुनुपर्ने बताए । त्यसका लागि आगामी निर्वाचनमा सवै एक जुट भएर लाग्नु पर्नेमा उनको जोड थियो । पार्टीको संगठन अझ बलियो र मजबुत बनाउँदै स्थानीय निर्वाचनमा पनि पहिलो बन्नका लागि कांग्रेसविरुद्ध फैलाइएका भ्रम चिरेर अघि बढ्नु पर्ने उनले बताए । कांग्रेसका अग्रज नेता दिर्घराज काफ्लेले स्थानीय, प्रदेश र संघीय संसदका तीनवटै निर्वाचनमा कांग्रेसले मुख्य रूपमा एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने आल्याउदै त्यसका लागि कांग्रेस भित्र यो र त्यो भन्ने परिपार्टी छाड्नु पर्ने बताए ।
नगर सभापति दिलीप धितालको अध्यक्षता, सचिव सजिंव शर्मा रेग्मीको सचांलन तथा कोषाध्यक्ष राजकुमार गुप्ताको स्वागतमा भएको कार्यक्रममा कार्यक्रममा बोल्दै जिल्ला सदस्य सुरेन्द्रजगं थापा, ओमकुमार श्रेष्ठ, मन्जु गौतम, नानु पौडेल, सोमबहादुर गुरुङ्ग, दिपेन्द्र बुढा प्रीती, सुसिल गुरुङ्ग, बिरेन्द्र श्रीवास्तव लगायतले बोल्दै कांग्रेस प्रतिको जनविस्वास र भरोसा कायम राख्न पार्टी भित्रको आन्तीक मनमुटाव र तिक्तता त्याग्नु पर्ने बताए । सिद्धार्थनगरका १३ बटा वडा भेला सम्पन्न गरेपछि नगरसमितिले नगरबेला गरेको थियो । नगर भेलामा बिभीन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी कांग्रेसमा प्रवेश गरेको सचिव शर्माले बताए । त्यस्तै यसभन्दा अघी वडा भेलाको क्रममा चारसय भन्दा बढी कांग्रेसमा प्रवशस गरेको उक्त पार्टीले जनाएको छ ।