शिक्षक संघ तिलोत्तमामा पाण्डे

1.3K

शिक्षक संघ तिलोत्तमामा पाण्डे

बुटवल, १९ चैत । नेपाल शिक्षक संघ तिलोत्तमा नगर समितीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस पहिलो हुने गरि अघि बढिरहेको बताउँदै त्यसका लागि सबैलाई एक भएर लाग्न आग्रह गर्नुभयो ।

आज सम्पन्न अधिवेशनबाट केशवराज पाण्डेको अध्यक्षतामा १८ सदस्यीय नयां कार्यसमिती चयन गरिएको छ । समितिको महिला उपाध्यक्षमा प्रेमकला वस्याल, उपाध्यक्षमा प्रचण्ड जिसी, सचिवमा नारायण पोखरेल, अर्थ सहसचिवमा अमर डिसी, समावेशी सहसचिवमा दशरथ चौधरी र रमा खड्का चयन हुनुभएको छ । त्यस्तै सहसचिवमा गुरुप्रसाद लामिछाने निर्वाचित हुनुभएको हो ।

शिक्षक संघ नगर अध्यक्ष खेमराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सूर्यमणि पाण्डे, शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, गंगा शाही, मोहन नेपाल, ईन्दु पौडेल, ओमप्रसाद पाण्डे, हरिलाल पाण्डे लगायतले भनाई राखेका थिए ।