
सैनामैना, १९ चैत । नेपाली काँग्रेस सैनामैना नगरपालिका वडा नं १ र १३ को संयुक्त वडा भेला भएको छ । नेपाली काँग्रेस वडा नं १३ का सभापति भगवती थारुको अध्यक्षतामा भएको भेलामा नेपाली कांग्रेस जिल्ला सदस्य फणेन्द्रप्रसाद शर्मा, रुपन्देही क्षेत्र नं ४ का सचिव विक्रम केसीले नेपाली काँग्रेसले देश बिकासको लागि मुख्य दायित्व लिएको र आफ्नो दायित्वबाट कहिल्यै पनि नचुक्ने बताउनु भएको थियो ।
भेलामा सैनामैना नगर समितिका सभापति रामप्रसाद अधिकारी, नेपाली कांग्रेस जिल्ला सदस्य तारा वेलवासे, रामवली चौधरी, क्षेत्र नं. ४ का कोषाध्यक्ष राजबहादुर क्षेत्री, सदस्य दुलबहादुर चौधरी, नगर सदस्य अर्जुन भण्डारी, खिमानन्द भण्डारी, लोकनाथ अधिकारी, वडा नं १ का सभापति चिन्तामणि भुषाल, तरुण दल सैनामैना उपसभापति सीता अर्याल,सदस्य कृष्ण भण्डारी लगायतले धारणा राखेका थिए ।
वडा नं १ का उपसभापति पुष्पराज शर्माको स्वागत तथा सचिव विष्णुप्रसाद सर्तुङ्गेको सञ्चालनमा कार्यक्रम भएको थियो ।