केसीद्वारा सहयोगको याचना

756

केसीद्वारा सहयोगको याचना

नबिन भट्टराई/
बुटवल, २० चैत । बाझकटेरी ९ मुलाबारी गुल्मी निवासी बर्ष ३१ का तारा बहादुर केसीले सहयोगको याचना गरेका छन् । युवा अवस्थामै फोक्सोको क्यान्सर लागेका केसीले उपचारको लागि आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन् ।

उक्त रोगको महँगोमा उपचार हुने भएको र केसीको आर्थिक अवस्था कमजोर भएको कारण जनप्रिय युबा क्लब पुर्कोट दह ले केसी बचाउ अभियान सुरु गरेको हो । अभियानका सदस्यहरुले देश विदेशमा रहनु भएका नेपालीहरु माझ सहयोगको निम्ति अपिल गरेका छन् ।

केसीका एक श्रीमती एक छोरा र छोरी छन् । ‘केसीको श्रीमती शारीरिक रुपमा अपाङ हुनुहुन्छ भने केसीको उपचारको लागि कुनै आर्थिक स्रोत छैन यसैले उहाँलाई बचाउनको लागि सहयोगको अपिल गरेको हौं’ क्लब अध्यक्ष कमल शिसिर ले बताए ।

उनले भने ‘यदि कसैले सहयोग गर्न चाहानु हन्छ भने अभियानका सदस्यहरुको मोवाइल नम्वर ९८४७१३३५१२, ९८४७२५१३५९ मा खवर गरिदिनु भयो भने हामीले केसी परिवारसंग सम्पर्क गराउने छौं ।’