देवदहमा तरुणको भेला

453

देवदहमा तरुणको भेला

देवदह, २१ चैत । नेपाल तरुण दलको भेला देवदह ५ खैरेनीमा सम्पन्न भएको छ । काग्रेस देवदह वडा नं ५ का वडा सभापति अर्जुन लम्सालकोे सभापत्वि, क्षेत्रीय सभापति हीराबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलालाई सम्बोधन गर्दै क्षेत्रीय सभापति खत्रीले पार्टीगत एकताले स्थानिय निकायको निर्वाचन सफल हुने हुदा सम्पूर्ण कार्यकर्तालाई आफ्नो कार्यक्षमतामा दत्त चित्त भएर लाग्न आग्रह गर्नुभयो । उहाले नेपाली कांगे्रसको पहलमा विकास निर्माणका कामहरु धेरै भएकाले स्थानिय तहको निर्वाचनमा नेपाली कांगे्रसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा महासमिति सदस्य जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि रामकृष्ण पौडल, जिल्ला सदस्यद्धय दुर्गाबहादुर राना, बासुदेव रिमाल, नगर सभापति गुनाखर भूर्तेल, सदस्य भुवन खासु लगायतले भनाई राखेका थिए । सोही अवसरमा भेलाले आकाश गुरु¨को अध्यक्षतामा ३१ सदस्यीय तरुण दलको नयां कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा बिसन श्रीस्, सचिवमा विश्व गुरुङ्ग, सह–सचिवमा खेमराज ठाडा, कोषाध्यक्षमा पुजा भण्डारी रहनुभएको छ । सदस्यहरुमा गिरबहादुर खासु, मधु राना, धर्म सापकोटा लगायत रहनुभएको छ । तरुण दलका नगर सभापति मोहन जिसीको स्वागत र नगर सचिव अर्जुन पोखरेलको संचालनमा भेला सम्पन्न भएको थियो ।