शोविशन र किरणको स्मृतिमा सहयोग

1.3K

शोविशन र किरणको स्मृतिमा सहयोग

बुटवल, २१ चैत । शोविशन, किरण स्मृति फाउण्डेशनले अपाङ्ग तथा असहायलाई खाना खुवाउनुका साथै खाद्यान्न सामाग्री वितरण गरेको छ ।
बुटवलको प्रगतिनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्ग तथा असहायहरुलाई स्व. शोभशिन, किरण पाण्डेको स्मृतिमा खाना खुवाउनुका साथै दैनिक उपभोग्यवस्तु वितरण गरिएको हो ।

अपाङ्ग तथा असहाय वालवालिका सहित आश्रममा आश्रय लिएका सबैलाई दैनिक उपभोग्यवस्तु वितरण गरिएको हो । हास्यव्यङ्के  कलाकार विष्णु जी पाण्डे माईला बाका नावालक छोरा शोभिशन र किरण पाण्डेको २०७२ चैत २० र २१ गते अल्पआयुमै मृत्यु भएको थियो । उपचारको क्रममा अल्प आयुमै एक दिनको फरकमा ति दुई वालकको मृत्य भएपछि उनीहरुको स्मृतिमा स्थापना गरिएको पाउण्डेशनले आज अपाङ्ग तथा असहायलाई खाना खुवाउनुका साथै खाद्यान्न वितरण गरेको हो ।

सोही कार्यक्रममा बोल्दै शोभिशन, किरण स्मृति फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङ्गले नावालकहरुको स्मृतिमा अपाङ्ग तथा असहायलाई सक्दो सहयोग गरिएको बताउनुभयो । उहांले आगमी दिनहरुमा पनि स्व. शोभिशन र किरण पाण्डेको स्मृतिमा सामाजिक क्षेत्रमा काम गरिने बताउनुभयो । शोभिशन, किरण स्मृति फाउण्डेशन स्थापनाको उद्वेश्य पुरा गर्न सबैसंग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । स्व. शोभिशन, किरणका बुवा विष्णु जी पाण्डेले चिरशान्तिको कामना गर्दै बाबुहरुको नाममा अस्पताल स्थापना गर्ने कल्पनालाई व्यवहार ल्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

फाउडेशनका अध्यक्ष धनबहादुर गुरुङ्गको अध्यक्षता र सचिव देवराज गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो । तातो दुधमा परेर गम्भीर घाईते भएका शोविशनको २०७२ चैत २० गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो भने ज्वरो र पखलाको उपचारको क्रममा किरणको एक दिनको फरकमा २१ गते बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा निधन भएको थियो । शोविशन पाण्डे दुई वर्षका थिए भने करिण पाण्डे सात महिनाका थिए ।