रेनुका गिरी/
बुटवल, २१ चैत । रुपन्देहीमा सम्पन्न भएका खानेपानी आयोजनाहरुका उपभोक्ता समितीका पदाधिकारीहरुका लागि पुर्ण सरसफाई विषयक अभिमुखिकरण कार्यक्रम आज तिलोत्तमा नगरपालीका–२ योगिकुटीमा सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीको आयोजना र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ रुपन्देहीको संयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा खानेपानी तथा उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष धु्रवकुमार धितालले पुर्ण सरसफाईको अवधारणा अनुसार चर्पीको प्रयोग, सुरक्षित खानेपानी, साबुन पानीले हात धुने गरेको, सुरक्षित खाना खाने गरेको, सफा घर आँगन र वातावरणीय सरसफाई भएको हुनु पर्ने बताउनुभयो । उहाँले सरसफाई सबैको सरोकार र महत्वपुर्ण विषय भएकोले सबैले हातेमालो गरेर सरसफाईको अभियान सञ्चालन गर्न आग्रह गर्नुभयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका ईन्जिनियर धु्रव धितालले चर्पीको नियमित प्रयोग तथा सरसफाई, महत्व पुर्ण अवस्थामा सावुनपानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाई, घरायसी सरसफाई र वातावरणीय सरसफाई जस्ता सुचकका आधारमा तोकीएको क्षेत्रमा सरसफाइका सुविधा र स्वाच्छता प्रर्वद्धन तथा वानी व्यवाहारमा विकास÷परिवर्तनको माध्यामवाट सरसफाई युक्त अवस्था हासील गरिसकेपछि पुर्ण सरसफाई भएको मान्न सकिने बताउनुभयो ।
उहाँले सरसफाईको अवस्था, राज्यको नितिनियम, पाँच प्लस एक सुचक समबन्धि लगायतका सरसफाईका बारेमा जानकारी गराउनुभयो । चर्पीको प्रयोग, साबुन पानीले हात धुने बानी, सुरक्षित पानी, सुरक्षित खाना, सफा घर आँगन र वातावरण सरसफाइका सूचक हुन् । पुर्ण सरसफाई अभियानको सुरुमा नागरिक वडा मञ्च, राजनीतिकदल, खानेपानी तथा सरसफाईका सदस्य, स्वयमसेविका र स्वस्थ्यकर्मीहरुलाई अभिमुखिकरण गराई गाउँ टोलमा अभियान चलाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका प्राबिधिक ईश्वरी आचार्यले अग्रह गर्नुभयो । उहाँले घर घरमा पाँच प्लस १ सु्चकहरु पालना गराई हरियो स्टिकर टाँस्ने प्रकृया अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन प्रमुख बाँसुेव पौडेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगीकुटीका प्रमुख हरी प्रसाद तिवारी, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव यम पछाई लगायतले बोल्दै पूर्ण सरसफाई अभियान अगाडी बढाउन सरोकारवालाले सक्रियता बढाउदैउपभोक्ता आफै जिम्मेबार हुनु पर्नेमा जोड दिनुभयो ।