राउण्ड टेवलको सहयोग

1.2K

राउण्ड टेवलको सहयोग

भैरहवा, २३ चैत । लुम्विनी राउण्ड टेवल १६ ले बिद्यालयमा छात्रबृती बितरण गरेको छ । बिभीन्न सामाजीक क्षेत्रमा काम गर्दै आएको राउण्ड टेवलले पसुपति शिक्षा मन्दीरका गरीव तथा जेहेन्दार चार जना बिद्यार्थीलाई  निःशुल्क पढाउने र तीन जना बिद्यार्थीलाई पाठ्यपुस्तक बितरण गरेको हो ।

माडवारी समुदायको बाहुल्यता रहेको यो क्लवले बिगतदेखी शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्दै आएको छ । राउण्ड टेवलका अध्यक्ष बिनय गोलको अध्यक्षता, रमेश कुमार अग्रवालको प्रमुख आतीथ्यता, सचिव रोहीत अग्रवालको सचांलन, गौरव अग्रवाल र अविशेक अग्रवालको संयोजनमा भएको कार्यक्रममा मोहीत अग्रवाल, अप्रीत अग्रवाल, सचिव अग्रवाल, मनिस अग्रवाल, पवन अग्रवाल, अविरथ अग्रवालको सहभागीता रहेको थियो ।