हाटबजारको फोहोर व्यवस्थापन भएन

1.3K

हाटबजारको फोहोर व्यवस्थापन भएन


माधव ज्ञवाली/
सैनामैना, २३ चैत । पूर्व पट्टि दुर्गा मन्दिर, उत्तर र पश्चिमा टम्म परेको घना वस्ती दक्षिणमा सधै व्यस्त रहने पूर्व पश्चिम राजमार्ग । त्यसैको बिचमा रहेको हाटबजार जुन सैनामैना नगरपालिकाको सबै भन्दा पुरानो र ठुलो हाटबजार । सोमबारे बजार लाग्ने यस हाटबजारमा विगत केही समय देखि सोमबार बजारबाट निस्केका विभिन्न किसिमका फोहोर, सडेका टमाटर, उखुका छिल्का, अनि प्याज, आलु तथा अन्य विभिन्न किसिमका उत्पादित फोहोरका कारण बाटो हिड्ने यात्रीहरु नाक छोपेर हिड्नु पर्ने अवस्था सिर्जना भएको छ । यसरी बजारमा फोहोर व्यवस्थापन नहुदा यो हाटबजार दिन प्रति दिन दुर्गन्धित बन्दै गएको छ ।

नगरपालिकाको मातहतमा बजार व्यवस्थापनको जिम्मा पाएको हाटबजार व्यवसायी शाखा कार्यालय मुर्गियासंग यस फोहोरको व्यवस्थापनका विषयमा बु¤न खोज्दा सम्बन्धीत निकायले चासो नदिएको र एक जनालाई प्रत्येक हप्ताको १ हजारका दरले फोहोर उठाउने जिम्मा दिएर व्यक्तिगत जग्गामा फोहोर व्यवस्थापन गर्नें व्यवस्था मिलाएकोमा अहिले त्यो पनि सम्भव नभएको हाट बजार व्यवसायी शाखा कार्यालय मुर्गिया अध्यक्ष तुल्सी राम शर्माले बताउनु भयो । उहाले व्यवसायीबाट पटके कर उठाउन ठेक्का मार्फत काम हुने तर नगरपालिकाले फोहोर व्यवस्थापनका सन्दर्भमा त्यति चासो नदिएको आरोप लगाउनु भयो ।

सैनामैना नगरपालिका बनेको तीन वर्ष वितिसक्दा पनि यस क्षेत्रमा फोहोर व्यवस्थापनका लागि ठोस योजना बनाउन नसक्दा सैनामैनाका विभिन्न स्थानमा फोहोर व्यवस्थापनको समस्या बढीरहेको छ ।  गर्मी मौसम बढ्दो छ, वातावरण प्रदुषित हुदा विभिन्न खालका रोगहरुको प्रकोप बढ्न जाने हुदा हाटवजार क्षेत्रका वासिन्दाहरुले गुनासो पोखेका छन् ।

अर्को तिर बजार व्यवस्थापनको जिम्मा पाएको  हाटबजार व्यवसायी शाखा कार्यालय मुर्गियाले नगरपालिकाले दीर्घकालिन फोहोर व्यवस्थापनका लागि जग्गा नखोजे सम्म यसको पूर्ण समाधान नहुने बताउदै आएको छ । सैनामैनाको मुटु मानिने मुर्गिया क्षेत्र भित्रको हाटबजारको यो स्थिति हुन साह्रै दुख लाग्दो कुरा हो ।

यसमा सम्वन्धित निकाय, नगरपालिका, व्यवस्थापनको जिम्मा पाएको संस्था, राजनीतिक दल, सरोकारवाला, हाटवजार व्यवसायीहरुको ध्यान जानु अति आवश्यक छ । हाम्रो सैनामैना राम्रो सैनामैना भन्ने नारालाई सार्थक पार्नका लागि सबैले समान जिम्मेवारी बहन गर्न गराउन जरुरी देखिन्छ । तव मात्र सैनामैना नगरलाई स्वच्छ, समृद्ध नगरको रुपमा विकास गर्न सकिन्छ ।