तिलोत्तमामा कांग्रेसको भेला

247

तिलोत्तमामा कांग्रेसको भेला

बुटवल, २३ चैत । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको भेला सम्पन्न भएको छ । कांग्रेसका जिल्ला नेता तथा अगुवा नेताहरु सहभागी भेलामा स्थानिय निर्वाचनका लागि कांग्रेसको तयारी बारेमा छलफल भएको थियो ।

स्थानिय तहमा कांग्रेसका उम्मेदवारले जित्नेगरी रणनीति बनाउनु पर्नेमा छलफल भएको नगर कोषाध्यक्ष जगत पौडेलले जानकारी दिनुभयो । उक्त भेलामा जिल्ला सचिव रामकृष्ण खांण, नेताहरु रामचन्द्र ढकाल, हेमराज अर्याल, रोमणी पाठक लगायतको उपस्थिती रहेको थियो । भेलाको संचालन नगर सचिव शिव गैरेले गर्नुभएको थियो ।