वरिष्ठ अधिवक्ता शर्माको निधन

516

वरिष्ठ अधिवक्ता शर्माको निधन

ganeshकाठमाडौँ, १० कात्तिक । संवैधानिक कानुनका अग्रणी वरिष्ठ अधिवक्ता गणेशराज शर्माको ७९ वर्षको उमेरमा आज निधन भएको छ ।

स्व अधिवक्ता शर्माको भान्जी सरिता उपाध्यायका अनुसार उहाँ तीन वर्षदेखि डिमेिन्सया (स्मरण शक्ति नहुनु, बिर्सने) समस्यामा हुनुहुन्थ्यो ।

उहाँको आफ्नै निवास धोबीधारामा निधन भएको हो । तीन वर्षदेखि उहाँको उपचारका लागि घरमै व्यवस्था गरिएको थियो ।

वरिष्ठ अधिवक्ता शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । उहाँका तीन छोरी छन् ।

संवैधानिक जटिलताका विषयमा बहस गर्नुहुने वरिष्ठ अधिवक्ता तत्कालीन नेपाली काँग्रेसका नेता तथा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका कानुनी सल्लाहकार हुनुहुन्थ्यो । तर उहाँ कोइराला प्रधानमन्त्री नहुँदै कानुुनी सल्लाहकार हुनुहुन्थ्यो ।