मेमोरी किङ्ग अर्पण बुटवल आउदै

628

मेमोरी किङ्ग अर्पण बुटवल आउदै

बुटवल, २४ चैत । एकाग्रता तथा स्मरणशक्ति अभिवृद्धिका लागि बुटवलमा एक दिने स्मरण शक्ति अभिबृद्धि तालिम हुने भएको छ । भाई ईन्ष्टिच्यूट बुटवलको आयोजनामा आउने शनिबार बुटवलको सिद्धार्थ कटेजमा कार्यक्रम हुने छ ।

एस.इ.इ. दिएर बसेकाहरुलाई भविष्यमा पढ्ने विषय र भविष्यको लक्ष्य प्राप्तिका लागि सहज होस भनेर बुटवलमा एक दिने स्मरण शक्ति अभिबृद्धि तालिम राखिएको आज बुटवलमा राखिएको पत्रकार सम्मेलनमा ईन्ष्टिच्यूटका प्रवन्ध निर्देशक निलम अधिकारीले जानकारी दिनुभयो । तालिममा गिनिज बुक अफ दी वल्र्डमा नाम लेखाउनु भएका मेमोरी किङ्ग अर्पण शर्माले सहजिकरण गर्नु हुने छ । तालिममा परिक्षामा पासहुने तरिका, अध्ययनकोे शैलि, गणितिय फर्मुला, मोवाईल नम्बर याद गर्ने तरिका लगायतका विषयमा अर्पणले प्रशिक्षण दिनु हुने बताइएको छ ।

एक दिने कार्यक्रम सम्पन्न पार्नका लागि झण्डै ५ लाख खर्च अनुमान गरिएको कार्यक्रममा सहभागिताका लागि ५ सय र एक हजारका टिकट राखिएको समेत पत्रकार सम्मेलनमा बताइएको थियो । कार्यक्रममा झण्डै पाँच सय जनाले सहभागिता जनाउने अनुमान गरिएको कार्यक्रममा एसइइ दिएर बसेका बाहेक अन्यले पनि सहभागिता जनाउन पाउने कार्यक्रमका ईभेन्टम्यानेजर प्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।