
गुल्मी(जुभूङ्ग), २५ चैत । जनता प्राथमिक विद्यालय गुल्मी दरवार गाउंपालिका वडा नं. २ (जुभूङ्ग–६, टङलाजी)को परीक्षाफल प्रकाशन तथा अन्र्तक्रिया सम्पन्न भएको छ ।
विद्यालयले आज अभिभावक बिच अन्र्तक्रिया सहित बार्षिक परीक्षाफल प्रकाशन गरेको हो । कार्यक्रममा आगामी आर्थिक वर्षमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्नेमा जोड दिइएको थियो । जुभूङ्ग स्रोत केन्द्रका स्रोत व्यक्ति खिमबहादुर महतले विद्यालयलाई नमुना बनाउन पठनिय सामाग्री संगै शैक्षिक व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहांले विद्यार्थी, अभिभावक, शिक्षक सबै मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमबहादुर थापा, शिक्षक जीवनकुमार गाहा, अभिभावक बुद्धिमान गाहा, हिमलाल गाहा, भिमबहादुर गाहा, खड्गबहादुर सारु, नरबहादुर खासु लगाएतले आगामी शैक्षिक सत्रमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रममा विद्यालय प्रथम आकृती गाहा, द्वितीय सीता खासु, तृतीय रुस्मा खासुलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी नर्सरीमा प्रथम प्रवेश खासु, द्वितीय सुमन घर्ती, तृतीय आशिका बलाल, केजीमा आकृती गाहा प्रथम, रुसमा खासु द्वितीय र प्रतिक गाहा तृतीय भएका छन् । त्यस्तै कक्षा एकमा देवी खासु प्रथम, सुस्मा खासु द्वितीय, विपिन सर्तुङ्गी तृतीय, कक्षा तीनमा विशाल गाहा प्रथम, प्रियङका पल्ली द्वितीय, पवित्रा खासु तृतीय भएका छन् । कक्षा चारमा सिता खासु प्रथम, सजना गाहा द्वितीय, सलिना गाहा तृतीय, कक्षा पांचमा अमृत गाहा प्रथम, महेश गाहा द्धितीय र मिलन सारु तृतीय भएका छन् ।
त्यसैगरी नर्सरी देखि कक्षा पांच सम्म प्रथम, द्वितीय र तृतिय हुने सहित विभिन्न विद्यामा उत्कृष्ट हुने अनुशासनमा शोभा सारु, सरसफाईमा अनुस्का पल्ली, सर्वोकृष्ट हाजिरी हुने अमृत गाहा र रुस्मा खासु, अतिरिक्त क्रियाकलापमा सुदिप खासुलाई पुरस्कृत गरिएको थियो ।