जुत्ता मेलामा ६० लाखको कारोवार

498

जुत्ता मेलामा ६० लाखको कारोवार

बुटवल, २५ चैत । बुटवलमा सञ्चालन गरिएको दोस्रो जुत्ता व्यापार मेला ६० लाखको कारोवार गर्दै सकिएको छ । १५ दिनसम्म चलेको मेलामा ४० हजारले अवलोकन गरेका छन् ।

नेपाल युवा उद्यमि मञ्च रुपन्देही च्याप्टरको आयोजना र नेपाली जुत्ता घरको सहआयोजनामा भएको मेलाको आज बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले समापन गर्नुभएको हो । समापन कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले हरेक बस्तुगत उत्पादनको प्रवद्र्धनकालागि संघले मेला सञ्चालन गर्ने र बुटवललाई मेलामय बनाउन उद्योग बाणिज्य संघ तयार रहेको बताउनु भयो । बस्तुको प्रवद्र्धन भए उद्योग व्यबसाय फस्टाउन सक्ने बताउँदै उहाँले यस्ता कार्यक्रमले उद्योगी व्यबसायीले उत्पादन गरेका बस्तुलाई बजार सम्म पु¥याउन र उपभोक्ताको घरसम्म लैजानकालागि सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली जुत्ता घरका सञ्चालक होमनाथ उपाध्यायले बुटवलमा सञ्चालन गरिएको मेला सफलतापूर्व सम्पन्न भएको बताउँदै आफूहरुले उत्पादन गरेको बस्तुको प्रयोग गर्दा उपभोक्ता पनि सन्तुष्ट हुने विश्वास व्यक्त गर्नुभयो । युवा उद्यमी मञ्च रुपन्देही च्याप्टरका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक सुमोदमान सैंजुको अध्यक्षतामा भएको समापन कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकारहरु नवराज श्रेष्ठ, निर्मलप्रसाद लाकौल, अर्जुनमान सैंजु, जीवनप्रसाद ओझा, युवा उद्यमी मञ्च नेपालका उपाध्यक्ष कृष्ण फूयाँल, सन्दिप कसौधन, उमेश अमात्य लगायतले भनाई राखेका थिए ।

स्वदेशी बस्तुको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ यहि चैतको ११ गतेदेखि सञ्चालन गरिएको मेलामा नेपाली जुत्ता घरमा आवद्ध नेपाली ७ उद्योगका ९ वटा जुत्ताका ब्राण्ड राखिएको थियो ।