सल्लाहकार समिति चयन

1.3K

सल्लाहकार समिति चयन

बुटवल, २५ चैत । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ को आज सम्पन्न बैठकले सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । बैठकले नेताहरु उदयराज काफ्ले, श्री आले, जनक कोईराला, रामप्रसाद खनाल, राधेश्याम राजभण्डारी, गंगाबहादुर केसी र गंगा गुरुङ्लाई सल्लाहकारमा चयन गरेको हो ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको बैठकले क्षेत्रीय समितिका प्रेस सल्लाहकारमा नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का र कानुनी सल्लाहकारमा अधिवक्ता राजेन्द्र भट्टराईलाई चयन गरिएको छ । स्थानीय तहको निर्वाचन केन्द्रित बैठकले क्षेत्र नं. ४ अन्तरगत रहेका वडाहरुबाट वडा अध्यक्ष तथा सदस्यहरु उमेद्वारको सिफारिस आगामी ३१ गते भित्र क्षेत्रमा पठाउनकालागि पनि निर्देशन गरिएको क्षेत्रीय सचिव जोगबहादुर खत्रीले बताउनु भयो ।

त्यस्तै यहि चैतको २९ गते भैरहवामा हुने नेपाली काँग्रेसको आम सभामा सहभागि हुनकालागि आम कार्यकर्तालाई आह्वान गरिएको सभापति लम्सालले बताउनु भयो ।