शिरमाथि शिरफूल

734

शिरमाथि शिरफूल

मिना पौडेल/

देवदह, २६ चैत । मुक्तककार लिलाधर पाण्डेयको लेखन रहेको मुक्तक संग्रह शिरमाथि शिरफूलको एक समारोहका बिच रुपन्देहीको मणिग्राममा लोकार्पण गरिएको छ ।

नेपाल लेखक संघ रूपन्देहीद्वारा प्रकाशित मुक्तक संग्रह धरातलिय हिसावले निकै ओझपुर्ण रहेको बताइएकोे छ । २०५७ सालको एक कविता प्रतियोगितामा प्रथम भएपछि कविता, गजल र मुक्तकबाटै आफ्नो लेख रचनालाई निखार्दै आएका मुक्तककार पाण्डेयको यो पहिलो कृति हो । कार्यक्रममा मुक्तकका माध्यमबाट समाजका विकृति र विसंगतिलाई हटाउन यो मुक्तक संग्रहले विशेष भूमिका खेल्ने नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष बनमाली निराकारले बताए ।

त्यसैगरी साहित्यले समाजमा रहेका बिकृतिलाई व्य¨ात्मक रुपले प्रस्तुत गर्ने हुदा समाज सुधारको रुपमा साहित्य रहेको नेपाल लेखक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछानेले बताए । कार्यक्रममा नेपाल लेखक संघ प्रदेश नं ३ का केन्द्रीय सचिव पुष्प अधिकारी अञ्जलीले साहित्यप्रेमीले साहित्यको मूल मर्मलाई बुझि समाजको यथार्थपरक घटनालाई उजागर गर्न सक्नुपर्र्नेे बताए । कार्यक्रममा नेपाली लेखक संघ देवदहका अध्यक्ष निर्मल ढुगांनाले नेपाली साहित्यको जगेर्ना गर्न युवापिढीको विशेष महत्व रहने हुदा साहित्यको संरक्षणमा युवापिढी लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल लेखक संघ रुपन्देहीका सल्लाहकार बाबुराम ज्ञवाली, लेखक संघका केन्द्रीय सदस्य सरस्वति बस्याल, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त पराजुली, नेपाल लेखक संघ रुपन्देहीका सचिव कपिल ज्ञवाली, स्रष्टाहरु विष्णु विवश पोखरेल, गणेश न्यौपाने, कमला अर्याल लगायतले रचना वाचन गरेका थिए ।