पश्चिमबाट पूर्वतर्फ गइरहेको लु१ख ५९०५ नं को बसले सोही दिशातर्फ गइरहेको लु२२प ९३४६ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१० करहिया बस्ने ३५ वर्षीय ओमप्रसाद चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते चौधरीको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ