ट्रेड युनियनले श्रेष्ठलाई अंगाडी सा¥यो

1.3K

ट्रेड युनियनले श्रेष्ठलाई अंगाडी सा¥यो

बुटवल, २६ चैत । सरकारले घोषणा गरेको आसन्न स्थानीय तहको निर्वाचनमा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले जिल्ला अध्यक्ष काजिमान श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेद्वारका रुपमा अंगाडी सारेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीको आज बुटवलमा बसेको बैठकले लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा क्रियाशिल जिल्ला अध्यक्ष श्रेष्ठले नेपाली काँग्रेसको राजनीतिमा पनि क्रियाशिल रहेको र बुटवल उपमहानगरपालिकामा पनि कुशल नेतृत्व प्रदान गर्न सक्ने भएकाले उहाँलाई मेयरको उम्मेद्वारका रुपमा अंगाडी सारेको हो । श्रेष्ठ नेपाली काँग्रेस पार्टीको बिभिन्न पद हुँदै अहिले महासमिति सदस्य समेत हुनुहुन्छ । श्रेष्ठले यस अंगाडी नै बुटवलको मेयर पदकामा आकांक्षा समेत व्यक्त गरिसक्नु भएको छ ।

नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले पनि हरेक निकायमा ट्रेड युनियनबाट १० प्रतिशत प्रतिनीधित्व माग गर्दै आएको बेला नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समितिले उहाँलाई अंगाडी सार्नुलाई महत्वका साथ हेरिएको छ । बिभिन्न संघ संस्थामा समेत कुशल नेतृत्व प्रदान गर्दै आएको र नगर प्रमुख पदकालागि आफू पनि सक्षम भएकाले मजदुर आन्दोलनलाई सम्मान गर्नकालागि पनि पार्टीले टिकट दिनुपर्ने अध्यक्ष श्रेष्ठ बताउनु हुन्छ ।

उक्त बैठकमा ट्रेड युनियन काँग्रेस रुपन्देहीका पदाधिकारी, सदस्यहरु, नेपाल बित्तिय संस्था कर्मचारी संघ, नेपाल शिक्षक संघ, नेपाल स्वास्थ्य कर्मी संघ, निर्माण कर्मी संघ, सार्वजनिक सेवाकर्मी संघ, नेपाल कारखाना श्रमिक संघ, घर स्थित श्रमिक संघ, कृषि श्रमिक संघ, इम्ब्रोईडरी श्रमिक संघ, व्यूटिसियन संघ, नाई संघ, रिक्सा तथा ठेला श्रमिक संघ, गार्मेन्ट, प्रेस, छापाखाना लगायतल १९ वटा आवद्ध श्रमिक संघको सहभागिता थियो ।

त्यस्तै बैठकले नेपाल ट्रेड युनियन काँग्रेसको सदस्यता अध्यावधिक अभियान अन्तरगत आगामी बैशाखको ५ गते भित्रै सदस्यता अध्यावधिक फारम बुझाउन आवद्ध संस्थाहरुलाई निर्देशन गरेको छ । केन्द्रले बैशाख १५ गते भित्रै अनिवार्य बुझाउनकालागि निर्देशन गरेको र आवद्ध संस्थाहरुबाट प्राप्त फारम व्यबस्थापन गर्नुपर्ने भएकाले समयमै बुझाउन निर्देशन गरेको हो । यदि कुनै पनि संस्थाले समयमै फारम नबुझाए सदस्यता अध्यावधिक गर्न नसकिने हुँदा स्वत सदस्यता खारेज हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

बैठकमा आउँदै गरेको नयाँ वर्षको शुभकामना समेत आदान प्रदान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल कृषि श्रमिक संघकी केन्द्रीय अध्यक्ष बिमला गैरे, नेपाल प्रेस युनियनका सल्लाहकार भवानीप्रसाद पाण्डे, रिक्सा तथा ठेला मजदुर संघका केन्द्रीय अध्यक्ष प्रकाश पाठक, व्यूटिसिन संघकी केन्द्रीय उपाध्यक्ष शान्ति शर्मा, इम्ब्रोईडरीकी लक्ष्मी श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देही महिला समितिकी अध्यक्ष उसा राना, युवा समितिका अध्यक्ष कबिन्द्र नेपाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।