
बुटवल, २६ चैत । संघीय संरचना अनुसार सरकारले ७ गाविसलाई गाउपालिकामा रुपान्तरण गरेपछि बनेको गुल्मी धुर्कोट गाउपालिकाबाट स्थायी वा अस्थायी रूपमा रुपन्देहीमा बसोबास गर्नेहरुको एक भेलाले “धुर्काेट गूल्मी–रुपन्देही सम्पर्क समाज“ गठन गरेकोछ ।
धुर्काेट गाउपालिका अन्तर्गत साविक वाग्ला गाविस, धुर्काेटरजस्थल गाविस, हाडहाडे गाविस, नयागाउ गाविस, पिपलधारा गाविस बस्तु गाविस र जैसीथोक गाविसका रुपन्देहीमा बस्ने बासिन्दालाई समेटेर धुर्काेट गूल्मी–रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन गरिएको हो । तर्दथ समितिको अध्यक्षमा राम प्रसाद पौडेल “वाग्ला ”, उपाध्यक्षमा अर्जुन ज्ञवाली “पिपलधारा”, सचिवमा नवराज भन्डारी “वस्तु ”, सहसचिवमा यदुमणि पोखरेल “नयागाउ” र कोषाध्यक्षमा राजेन्द्र प्रसाद घिमिरे “धुर्काेट रजस्थल” रहेका छन भने सदस्यहरुमा बिक्रम खडका “पिपलधारा ”, चन्द्रकान्त खनाल “ धुर्काेटरजस्थल”, भिमकान्त पन्थी “वाग्ला ”, राजेन्द्र घिमिरे “वाग्ला ”, दया भन्डारी “वस्तु ”, ईश्वरी खनाल “जैसीथोक”, दिपक खनाल “ जैसीथोक”, जंग बहादुर श्रीस “हाडहाडे ” र हेमराज पोखरेल “ नयागाउ” रहेका छन । तदर्थ समितिको भेलाले बिभिन्न निर्यणहरुसमेत गरेको छ ।
भेलाले सल्लाहकार समिति, बिधान मस्यौदा समिति गठनका साथै रुपन्देहीमा स्थायी वा अस्थायी वसोवास गर्ने धुर्कोट गाउपालिकाका सबैको सहभागितामा वृहत भेला बोलाइ पुर्ण समिति गठन गर्ने समेत निर्णय गरेको छ । अहिलेको तदर्थ समिति रहेकोले सबैलाई समेटने गरि बृहत भेलाको तयारी गरिरहेको तदर्थ समितिका अध्यक्ष राम प्रसाद पौडेलले बताए ।