तरुण दलले स्थापना दिवस मनायो

399

तरुण दलले  स्थापना दिवस मनायो

tarun dalबुटवल / नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँडले आफ्नो पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेर गम्भीर भुल भएको बताउनुभएको छ ।

नेपाल तरुण दलले ६३औँ स्थापना दिवसका अवसरमा काठमन्डौमा आयोजित कार्यक्रममा उहाँले काँग्रेसको नेतृत्वमा संविधान जारी भएपछि त्यसको अपनत्व लिने समयमा सभापतिले गरेको एकल निर्णय पार्टीको हितमा नरहेको र कायकर्ताको मनोबल घटेको बताउनुभयो ।

पार्टीका नेता भीष्मराज आङ्देम्बे, उदयशम्शेर राणालगायतले दलहरुबीच भएका भद्र सहमति कार्यान्वयन गरेर मुलुकमा सहमतिको राजनीतिलाई अगाडि बढाउन आफ्नो पार्टीले भूमिका निर्वाह गर्नुपर्नेमा पार्टीले त्यसो गर्न नसक्दा अहिले राष्ट्रियताको विषयमा जनताले काँग्रेसलाई हेर्ने दृष्टिकोणमा नकारात्मक भावना आएको बताउनुभयो ।

तरुण दलका कार्यबाहक अध्यक्ष राधा घलेले पार्टीमा सामूहिक निर्णय गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिँदै अहिले मुलुकमा देखिएको समस्यालाई समाधान गर्न नयाँ विकल्प खोज्नुपर्ने र भारतसँगको परनिर्भरता न्यूनीकरण गर्नुपर्ने बताउनुभयो   यसैगरी नेपाल तरुण दलले रुपन्देहीले पनि ६३औँ स्थापना दिवस  मनाएको छ