बुटवल,असोज । रुपन्देहिको सैनामैनामा ३ पडÈवाल निवासी ७० बर्षिय बेसाहार बृद्धाको उद्धार भएको छ । जनावर थुन्ने खोरमा बेसहारा बृद्धा रहेको भन्दै समाचार प्रकाशित भएपछि उद्धार भएको हो । सैनामैना नगरपालीकाका कार्यकारी अधिकृत रोमन्याथ न्यौपाने सहितको टोली पटक पटक घटना स्थल पुगेपछि मात्रै उद्धार भएको हो । नगरपालीका कार्यकारी अधिकृत न्यौपानले बृद्धाका छोरी ज्वाइ झरसिङ कुवरलाइ कार्यालयमै बोलाएर समेत सम्झाइ बुझाइ गरेको बताउनुभएको छ । साथै उहाले परिवारको अवस्था पनि कमजोर रहेकाले बृद्धा भत्ता उपलब्ध गराउन समेत आफुहरुले पहल गर्ने बताउनुभएको हो ।
हल बृद्धालाइ घरकै कोठामा राख्नुभएका उहाकै ज्वाइ झरसिङले आफु घरायसी आर्थिक अवस्थामा पनि कमजोर रहेको र मुख्य त आफनो बुझाइ फरक रहेकाले आफुले गल्ती गरेको स्वीकार गनुृभएको छ । साथै उहाले कुनै समयमा जानीजानी पनी गल्ती हुने हुदा अबका दिनमा पनि आफुले बृद्धा साबित्रालाइ आमा समानको माया निरन्तर दिने बताउनुभएको छ । बृद्धा सुमित्राको सन्तानको नाममा २ छोरी रहे पनि कान्छि छोरिको ४ बर्ष अघि निधन भएको र जेठी छोरी ज्वाइको घरमा आश्रय लिनुभएको छ ।